रोचक

दाह्री पाल्ने मान्छेमा कुकुरको शरीरमाभन्दा बढी हानिकारक किटाणु!

यो दाह्री पाल्ने मानिसहरुको लागि नराम्रो र दुखद समाचार हुनसक्छ । तर वैज्ञानिकहरुले कुकुरको शरीरभन्दा बढी दाह्री पाल्ने मान्छेमा धेरै हानिकारक किटाणु तथा जीवाणु हुने तथ्य पत्ता लगाएका छन् ।

वैज्ञानिकहरुले कुकुरको शरीर र मानिसको दाह्री कुनमा बढी हानिकारक किटाणु हुन्छ भन्ने अध्ययन गरेका थिए।

अध्ययनमा समावेश प्रत्येक मानिसको दाह्रीमा जीवाणु भेटिएको थियो ।

त्यसमध्ये आधा जीवाणु मानव स्वास्थ्यका लागि किटनासक र हानिकारक भएको जनाइएको छ । तर आश्चर्य कुकुरहरुको शरीरमा मानिसको दाह्रीमा हुने खतरनाक जीवाणुभन्दा कम संख्यामा त्यस्ता जीवाणु भेटिए।

१८ मानिस र ३० कुकुरमा यस अध्ययन गरिएको थियो । १८ देखि ७६ वर्ष उमेर समुहका दाह्री पालेका मानिसहरु अध्ययनमा समावेश थिए । स्वीजरल्यान्ड हिर्सल्यान्डेन क्लिनिकका प्राध्यापक आन्द्रेस गटजेटले भने, ‘अध्ययनले कुकुरको शरीर तथा रौंमाभन्दा मानिसको दाह्रीमा बढी घातक जीवाणुको संख्या र मात्रा भेटियो।’
– एजेन्सी

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button