क्लबका अध्यक्षले रेफ्रीलाई मैदानमै गएर मुक्का हानेपछि…
सोमबार टर्कीको शीर्ष श्रेणीको लिग खेलमा एक क्लबका अध्यक्षले रेफ्रीलाई मैदानमा मुक्का हानेपछि सबै लिग खेल स्थगित भएका छन्।
रेफ्री हलिल उमुत मेलरलाई एमकेई अंकारागुकुका अध्यक्ष फारुक कोकाले मुक्का प्रहार गरेका थिए। आफ्नो टिम केकुर रिजेस्पोरसँग १-१ को बराबरीमा रोकिएपछि कोका रेफ्रीमाथि जाइलागेका थिए। अंकारागुकुले ९७ औं मिनेटमा बराबरी गोल खाएको थियो।
‘सबै लिगका खेलहरू अनिश्चितकालका लागि स्थगित गरिएको छ,” टर्की एफएका अध्यक्ष मेहमेट बुयुकेक्सीले एक पत्रकार सम्मेलनमा भनेका छन्।
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले पनि घटनालाई ‘पूर्ण रूपमा अस्वीकार्य’ भएको बताएका छन्। रेफ्री मेलर मैदानमा लडेपछि उनीमाथि क्लबका अरु पदाधिकारले थप प्रहार गरेका थिए।
३७ वर्षीय मेलर टर्कीका शीर्ष रेफ्री मध्येका एक हुन् र फिफाका लागि अन्तर्राष्ट्रिय खेल समेत सञ्चालन गर्छन्। उनी युइएफएको एलिट रेफ्रीको सूचीमा पनि छन्।
उनलाई अस्पतालको उपचार पनि आवश्यक थियो र उनको उपचार गरिएको अस्पतालका प्रमुख चिकित्सक डा मेहमेट योरुबुलुतले जनकारी दिएका छन्। उनले भनेका छन्, ‘अहिलेको लागि उनको जीवनमा कुनै खतरा छैन। उनको देब्रे आँखाको वरिपरि रगत बगेको छ र सानो हड्डी भाँचिएको छ। रेफ्रीको टाउकोमा चोट लागेका कारण बिहानसम्म निरिक्षण गर्नेछौं। बिहान आवश्यक परीक्षण पछि अस्पतालबाट डिस्चार्ज गर्नेछौं।’