समाचार

आरजु र सिटौलालाई पक्राउ गर्न निर्देशन नदिएको गृहको दाबी

काठमाडौँ : नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला र डा. आरजु राणालाई पक्राउ गर्न प्रहरीलाई निर्देशन नदिएको गृहमन्त्रालयले दाबी गरेको छ ।

मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै सोमबार यस्तो दाबी गरेको हो ।

मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माद्वारा जारी विज्ञप्तिमा यस्तो दाबी गरिएको हो । विज्ञप्तिमा भनिएको छ, ‘माननीय उपप्रधानमन्त्री एवम् गृहमन्त्रीज्यू नारायणकाजी श्रेष्ठबाट कुनै व्यक्ति लक्षित गरी केही गर्न वा नगर्न कुनै प्रकारको निर्देशन दिएको कुरा भ्रामक, कपोलकल्पित र झुठा भएको ब्यहोरा अवगत गराउँछु ।

सत्यमा आधारित नभईकन प्रकाशित यस्ता खालका समाचारले मन्त्रालयले हाल सञ्चालन गरिरहेको अपराध र भ्रष्टाचार नियन्त्रणको अभियानलाई दिगभ्रमित पार्न उद्यत समूहलाई मात्र फाइदा पुग्ने विषय तर्फ जिम्मेवार प्रकाशन संस्था सतर्क रहनु वाञ्छनीय छ।

मन्त्रालयको कुशासन र भ्रष्टाचारविरोधी अभियानमा साथ दिन र घटनाको निष्पक्ष छानबिन गरी उचित निष्कर्षमा पुर्याउन सबैले सहयोग पुर्याउन समेत अनुरोध गर्दछ ।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा ​देउवा र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठले निर्देशन दिएको भन्ने समाचार सञ्चार माध्यममा आएपछि मन्त्रालयको यस्तो विज्ञप्ति आएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button