मनोरन्जन

सलमानले यी ६ नायिकासँग मस्ती गरे, तर विवाह गरेनन् !

एजेन्सी – बलिउडका सलमान खानको व्यक्तित्वलाई धेरैले मन पराउँछन् । अविवाहित रहेका सलमानको विवाहलाई लिएर अझै पनि चर्चा हुने गरेको छ।
उनले धेरै नाम चलेका बलिउडका नायिका तथा मोडलसँग काम काम गरेका छन् । सलमानको विभिन्न नायिका तथा मोडलसँग नाम जोडिएपनि अहिले सम्म विवाह भने भएको छैन ।

सलमानसँग सम्बन्ध रहेको भनेर चर्चा गरिने नायिकाहरु निम्न छन् –
१.संगीता बिजलानीः
सलमान खानको जीवनमा धेरै महिलाहरु आएपनि विवाहको चर्चा भने संगीता बिजलानीसँग चलेको थियो ।सलमानको संगीतासगँ सन् १९९४ मा विवाह गर्ने तयारी भएको थियो, यहि बिचमा संगीतालाई सलमानको अफेयरको बारेमा थाहा भयो त्यसपछि दुवैले अलग बाटो रोजेका भारतीय सञ्चार माध्यमले जनाएका हुन् । उनीहरु दुईको बिहेको कार्ड समेत छापेको कुरा बताइन्छ । यीनीहरु दुई बिच अहिले साथीको सम्बन्ध कायम छ ।

२.सोमी अलीः
सोमीले करिब १९ वर्षको उमेरमा बलिउडमा डेब्यु गरेकी हुन् । सलमान उनीसगँ निकै सिरियस भएको खबर छ । भारतीय मिडियाका अनुसार सलमान त्यतिबेला सोमीको सुन्दरताका कारण सलमान फिदा हुन्थे र सोमीमाथि अधिकार समेत जमाउँथे ।उनीहरुले करिब ६ वर्षको प्रेमसम्बन्धमा अलग बाटो रोजेका हुन् ।

३.ऐश्वर्या रायः

सलमान विश्व सुन्दरी ऐश्वर्या रायसगँ पनि प्रेम सम्बन्धमा थिए, फिल्म ‘हम दिल दे चुके सनम’ बाट उनीहरुबीच प्रेम सम्बन्ध सुरु भएको बुझिन्छ । सलमानले ऐश्वया माथि अत्याधिक अधिकार जमाउन थालेपछि उनीहरुको सम्बन्ध टुट्यो । एश्वर्याले सलमान माथि हात उठाएको आरोप पनि लगाइन् । ब्रकअप पछि एश्वर्याको घरमा सलमान गएको कारणले गर्दा उनले पुलिसलाई बोलाउनु परेको बताइन्छ, तर सलमाले त्यो कुरालाई अस्वीकार गर्दछन् ।

४.स्नेहा उल्लाल

स्नेहाको अनुहार ऐश्वर्यासगँ मिल्दोजुल्दो रहेको छ । जब सन् २००५मा ‘लकी–नो टाइम फर लभ’ रिलिज भयो तब सलमानले उनलाई कास्ट गर्नुको पछाडी भारतिय मिडियाले निकै अचम्मको कारण बताएका थिए । उनीहरुको प्रेम सम्बन्ध पनि धेरै दिन टिक्न सकेन ।

५.कट्रिना कैफः

सलमानले कट्रिनालाई बलिउडमा स्थापित गर्नको लागी निकै ठुलो सहयोग गरेका थिए । सलमान कट्रिनाको विषयमा निकै गम्भिर थिए । कट्रिनालाई सलमानले आफ्नो परिवारको सदस्यको जस्तो व्यवहार गर्दर्थे । सलमानको परिवारले पनि कट्रिनालाई मनपराउँथे, तर सलमानको अत्याधिक हक जमाउने कारणले गर्दा कट्रिनाले ब्रेकअप दिएको बताइन्छ ।

६.जरिन खानः
जरिनको अनुहार कट्रिनासँग मिल्दोजुल्दो थियो । सलमानले जरिनलाई आफ्नो प्रोडक्शन हाउसको फिल्म ‘वीर’ मा मुख्य भुमिकाको रुपमा काम गर्ने अवसर दिएका हुन् । उनीहरुको फिल्म पनि चलेन भन सम्बन्ध पनि अघि बढ्न सकेन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button