समाचार

गोरखमा एक पुरुषमा कोरोना संक्रमण पुष्टि

२ माघ, गोरखा । विश्वमा कोभिड-१९ को नयाँ भेरिएन्ट जेएन १ फैलिएका बेला गोरखामा पनि एक जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

शहिद लखन गाउँपालिका-७ बुंकोटका ४० वर्षीय पुरुषमा कोरोना भाइरस पुष्टि भएको जिल्ला अस्पताल गोरखाले जनाएको छ । तर उक्त भाइरस नयाँ भेरिएन्ट हो वा होइन भन्ने बारे भने एकीन नभएको अस्पतालकी सूचना अधिकारी लिपासा श्रेष्ठले बताइन् ।

‘ज्वँरो र रुघाखोकी लागेर सोमवार अस्पतालमा उपचार गराउन आउनुभएको थियो,’ उनले भनिन्, ‘उहाँमा देखिएको लक्षणहरु कोरोनासँग मिल्दोजुल्दो देखिएकाले हामीले एन्टिजेन परिक्षण गर्‍यौ, रिपोर्ट पोजिटिभ देखियो ।’

उनलाई होम आइसोलेसनमा बस्न भनिएको र स्वास्थ्य कार्यालय र सम्बन्धित पालिकाको स्वास्थ्य शाखामा समेत खवर गरिएको श्रेष्ठले जानकारी दिइन् ।

‘ट्राभल हिस्ट्री’ भरतपुर देखिएकाले उतै संक्रमण भएको हुन सक्ने अनुमान गरिएको उनको भनाइ छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button