समाचार

सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। बुधबार सुनको मूल्य प्रति तोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ।

मंगलबार प्रति तोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज ६ सय रुपैयाँले घटेर प्रति तोला १ लाख १० हजार रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै, तेजाबी सुनको मूल्य १ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य स्थिर रहेको छ। चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ७५ रुपैयाँ कायम भएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button