समाचार

कैलालीका महिला छैनन् सुरक्षित, जबरजस्ती करणी भयावह बन्दै

धनगढीः कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर १ गोप्काकी कविता बुढाको जेठ अन्तिम साता हत्या भयो। परिवारका सदस्यहरुले उनको हत्या गरेको आरोप छ। जिल्लामा पुसदेखि अहिलेसम्म दुई महिलाको परिवारका सदस्यहरुबाटै हत्या भएको छ। जिल्लामा एक जना पुरुषको हत्या भएको इन्सेक सुदूरपश्चिमका संयोजक खड्कराज जोशीले बताए। उनका अनुसार कैलालीमा सबैभन्दा बढी बालबालीका र महिला असुरक्षित छन्।

जिल्लाभित्र सबैभन्दा बढी घरेलु हिँसाका घटना हुँदै आएका छन्। पुसदेखि हालसम्म एक सय २० वटा घरेलु हिँसाका घटना भएका छन्। त्यस्तै जबरजस्ती करणीका १७, जबरजस्ती करणी प्रयासका एक, यौनदुव्र्यभारका एक, बेचबिखनका तीन तथा बहुविवाहका सात घटना भएका छन्। साथै बाल विवाहको एक मुद्दा दर्ता भएको अभिलेख छ।

बालअधिकारबाट २० जना पीडित भएकोमा १० जना जबरजस्ती करणीबाट पीडित भएको तथ्याँक छ। जिल्लामा बाल विवाहपछि जबरजस्ती करणीका मुद्दा बढी दर्ता छन्। जिल्ला प्रहरी कार्यालय कैलालीकी प्रहरी निरिक्षक सरस्वती अधिकारीले बाल विवाहपछि बलात्कारका मुद्दा दर्ता हुने गरेको बताइन्। १८ वर्ष मुनीका प्रायः बालबालीकाको विवाहपछि बलात्कारका मुद्दा दर्ता हुने गरेको उनले बताइन्। साथै जबरजस्ती करणीका घटना समेत भयावह रुपमा बढ्दै गएको पाइएको छ।

कैलालीमा सात महिनाको अवधिमा एक सय ८६ वटा अपराधका घटना भएका छन्। यस्ता घटनाबाट सबैभन्दा बढी एक सय ८२ महिला र आठ जना पुरुष पीडित भएका छन्। साथै सो अवधिसम्ममा एक सय ९० जना पीडित भएको इन्सेक सुदूरपश्चिमका संयोजक जोशीले बताए। बाल विवाहपछि सबैभन्दा बढी जबरजस्ती करणीका मुद्दा दर्ता हुने गरेको प्रहरी अधिकारीले बताएका छन्।

जिल्लाभित्र अपराधका घटना घट्नुको साटो बढ्दै गएको पाइएको छ। सबैभन्दा बढी घरेलु हिंसाबाट महिला पीडित बन्ने गरेको पाइएको हो। जबरजस्ती करणीदेखि बालविवाहका घटना एकपछि अर्को बढ्दै गएको प्रहरीको तथ्यांकले देखाएको छ। घरेलु हिंसा, बालविवाह, जबरजस्ती करणीय लगायत अपराधका घटना सबैभन्दा बढी कैलालीमा हुने गरेको देखिएको छ। जिल्लाभित्र हुने जबरजस्ती करणीका घटना न्युनिकरण गर्न चुनौति हुने गरेको प्रहरी अधिकारीहरुले बताएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button