समाचार

अत्तरियाकी अस्मीमाथि आफ्नै साथीले गरेको त्यो षड्यन्त्र, कोठामा बोलाएर केटाको जिम्मा

डडेल्धुरा: कैलालीको गोदावरी नगरपालिका-४ अत्तरियामा बस्दै आएको बोहरा परिवार अहिले भावह्विल बनेको छ। परिवारले छोरी गुमाएको ६ दिन पुगेको छ। तर, उनीहरुका आँसु थामिएको छैन।

कलिलै उमेरकी एक मात्रै छोरी गुमाएपछि क्यान्सर पीडितसमेत रहेका उनका बुवा भक्तबहादुरलाई के गरौं कसो गरौं भइरहेको छ। एसईई पास गरेपछि उनले छोरी अस्मीलाई अध्ययनका लागि नेपालगन्ज पठाएका थिए। उमेरले १७ मात्रै पुगेकी अस्मी त्यहाँ होस्टेलमा बस्दै आएकी थिइन्।

६ महिनादेखि अलाईट टेक्निकल कलेजमा नेत्र विज्ञान विषयमा अध्ययनरत अस्मी अहिले बितेको ६ दिन भएको छ। परिक्षा सकेर घर आएकी उनी असार ९ गते आफ्नै घरमा मृत फेला परेकी थिइन्। उनले लिएको त्यो निर्णयले बोहरा परिवार अचम्मित परेको थियो।

पढन पठाएकी छोरी घर आएर किन आत्महत्या गर्न बाध्य भइन् भन्ने राज बिस्तारै खुल्दै छ। अस्मीकी दिदी(फुपुकी छोरी) राधाका अनुसार नेपालगन्जमा पढ्दा उनको भेट लक्ष्मी खड्कासँग भएको थियो। सँगै पढ्ने लक्ष्मी भाडाको कोठामा बस्दै आएकी थिइन्। गत जेठमा आफुलाई पढाईमा सहयोग गर्न भन्दै लक्ष्मीले कोठामा बोलाएको अस्मीले दिदी राधालाई बताएकी थिइन्।

‘आत्महत्या गर्नुभन्दा अगाडि बहिनीले मलाई आफुसँग त्यो दिन भएको घटनाबारे बताएकी थिइन्। लक्ष्मीले पढ्न आउन भनि झुक्याएर कोठामा बोलाएको र त्यही घरमा बस्ने दिलेन्द्र शाहीले कोठामै आएर बलात्कार गरेको उनले बताएकी थिइन्’ राधाले भनिन्।

राधालाई अस्मीले घटनाको वृतान्त सुनाएकी थिइन्। त्यो दिन राति सँगै सुतेकी साथी बिहान उठ्दा थिइनन्। तर बिहान उठ्दा दिलेन्द्र भने सँगै थिए। राति सुत्नुअघि लक्ष्मीले चिउरा खान दिएको र त्यसले आफुलाई उल्टी भएको अस्मीले दिदीलाई बताएकी थिइन्। सामान्य चिनजान भएको केटाले उक्त दिन आफुलाई बलात्कार गरेको भेउ पाएपछि अस्मीको मनोविज्ञान खलबल भएको थियो।

त्यसैले परिक्षा सकिएपनि उनी घर आउन मानिरहेकी थिइनन्। तर, आफन्तको जिद्दीले उनी घर आइन्। उनले घटनाबारे दिदी राधालाई बताएपनि अरु कसैलाई नभन्न आग्रह गरेकी थिइन्। दिलेन्द्रले कसैलाई घटनाबारे बताएमा क्याम्पसमा बदनाम गरिदिने धम्की दिएपछि धेरै पटक आमालाई बताउने प्रयास गरेतापनि भन्न नसकेको राधा बताउँछिन्। त्यही घटनाले मानसिक तनावमा रहेकी अस्मीको स्वास्थ्यसमेत बिग्रेकाले उनलाई चिकित्सककहाँ लगिएको थियो। चिकित्सकले एक्लै भेटेर घटनाबारे बताउन आग्रह गरेपनि उनी मौन बसेकी थिइन्।

आफुसँग गरिएको दुष्कर्मबारे मनमा कुरा खेलाउँदा खेलाउँदै अन्तमा उनी देहत्याग गर्ने निर्णयमा पुगिन्।

प्रहरीले अस्मी आत्महत्या दुरुत्साहन मुद्दामा मुगुको सेरु गाउँपालिका– ३ का २१ बर्षीय डिलेन्द्र शाहीलाई पक्राउ गरिसकेको छ। अस्मीका आफन्तले मंगलबार शाही र अस्मीकी साथी लक्ष्मी खड्काका विरुद्ध किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख गणेश बरालले बताए। दिलेन्द्रलाई कैलालीमा झिकाइएको छ।

अस्मीको न्यायका लागि आफन्तले अत्तरियामा प्रदर्शन नै गरेका थिए। अस्मीलाई देहत्याग गर्न बाध्य पार्नेलाई कारवाहीको माग गर्दै अत्तरियामा हिजो प्रदर्शन गरिएको थियो। लक्ष्मी भने अहिले फरार छिन्। तर, उनले राधालाई फोन सम्पर्क गरेर आफ्नो केही गल्ती नभएको र कैलाली आउने जानकारी दिएकी छिन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button