समाचार
शुक्रबार सार्वजनिक बिदा
गण्डकी प्रदेशमा यही शुक्रबार सार्वजनिक बिदा हुने भएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले बुधबार सूचना निकालेर शुक्रबार बिदा दिइएको उल्लेख गरेको छ।
कार्यालयका उपसचिव प्रवीण ढकालले निकालेको सूचनामा फागुन ४ गते शुक्रबारका दिन सार्वजनिक बिदा दिइएको उल्लेख छ।
गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको हो।