रोचक

फेसबुकको पासवर्ड बिर्सिनु भयो ? यसरी राख्नुहोस् नयाँ पासवर्ड

काठमाडौं । अझै पनि फेसबुक सबैभन्दा धेरै प्रयोग गरिने सामाजिक सञ्जाल मध्येमा पर्छ । तर फोनमा फेसबुक सधैं लगइन भएर बस्ने भएकाले धेरैजसोले आफ्नो अकाउन्टको पासवर्ड ख्याल गरिरहेका हुँदैनन् ।

तर कतिपय बेला अर्को डिभाइस वा कम्प्युटरमा लगइन गर्नु परिरहेको हुन्छ । यो स्थितिमा कयौं पल्ट प्रयोगकर्ताले आफ्नो पासवर्ड सम्झिन सक्दैनन् र आफ्नो अकाउन्ट लगइन गर्न सक्दैनन् । यदि तपाईंलाई पनि यस्तै किसिमको समस्या परिरहेको छ भने आज हामी तपाईंलाई यसको समाधान बताउँदै छौं । तपाईंले यस्तो अवस्थामा सहजै फेसबुकको पासवर्ड रिसेट गर्न सक्नु हुन्छ । त्यसका लागि तपाईंले आफ्नो रजिस्टर्ड भएको ईमेल आईडी वा फोन नम्बर सम्झिराख्नु पर्ने हुन्छ ।

कसरी रिसेट गर्ने फेसबुक पासवर्ड ?

सबैभन्दा पहिला फेसबुक डटकममा जानुहोस् अथवा यहाँ क्लिक गर्नुहोस् र लगइन पेज खोल्नुहोस् ।त्यसपछि त्यहाँ रहेको फर्गेट पासवर्डमा क्लिक गर्नुहोस् र फाइन्ड योर अकाउन्ट पेजमा पुगेपछि आफ्नो फेसबुक अकाउन्टमा रजिस्टर गरिएको ईमेल वा मोबाइल नम्बर राखेर सर्च गर्नुहोस् ।

अब तपाईं एउटा पेजमा रिडाइरेक्ट हुनु हुनेछ, जसमा तपाईंलाई तीन ओटा विकल्पः युज गुगल अकाउन्ट, सेन्ड कोड भाय ईमेल र सेन्ड कोड भाय मेसेज देखिनेछन् ।

अब कुनै एक विकल्प रोज्नुहोस्, त्यसमा एउटा कोड आउनेछ ।त्यसपछि उक्त कोड राख्नुहोस्, त्यसपछि आफ्नो पासवर्ड परिवर्तन गर्ने विकल्प देख्नु हुनेछ ।यसरी आफ्नो फेसबुक अकाउन्टको पासवर्ड रिसेट गरेर बिर्सिएको पासवर्ड फेला पार्न सक्नु हुनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button