समाचार

धादिङमा बस र ट्रक ठोक्किँदा २० जनाभन्दा बढी घाइते, तीन गम्भीर

मलेखु । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ हिलटप मोडमा बस र ट्रक एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् ।

घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ ।

काठमाडौँबाट तीर्थयात्री बोकेर चितवनतर्फ गइरहेको बस र विपरीत दिशाबाट आइरहेको ट्रक हिलटप मोडमा आज बिहान ठोक्किँदा जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।

घाइतेको मलेखुको राजमार्ग अस्पताल र मलेखु टिचिङ अस्पतालमा उपचार भइरहेको जैसवारले बताए । बसमा ३० जना तीर्थयात्री सवार थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button