रोचक

सबैभन्दा पहिले कसले र कहिले गरेको थियो चुम्बन ? वैज्ञानिकले खोजे उत्तर

चुम्बनको अवधारणा कसरी आयो ? एक अर्काप्रति प्रेम, चासो तथा केयरलाई अभिव्यक्त गर्ने यो शारीरिक प्रक्रियाको सुरुआत कसले गर्‍यो ? चुम्बन यस्तो काम हो, जसमाथि करोडौं लेख, कविता तथा गीतहरु लेखिएका होलान् । थाहा छैन, यसका बारेमा के-के लेखियो ? तर कसैले पनि बताएको छैन कि चुम्बनको सुरुवात कहिले र कहाँ भयो ?

वास्तवमा मानिसले एक अर्कालाई चुम्बन गर्न कहिले सुरु गर्‍यो भन्ने कुरा कसैलाई पनि थाहा छैन ।

तर गत वर्ष सन् २०२३ मा वैज्ञानिकहरुले गरेको एउटा शोधको रिपोर्ट प्रकाशित भयो । जसमा मानिसले ओठमा गर्ने चुम्बन अर्थात् स्मूचको कहिले सुरु भयो भन्ने बारेमा बताइएको छ ।साइन्स जर्नलमा प्रकाशित उक्त शोध अनुसार मानिसले कम्तिमा पनि ५ हजार वर्षदेखि ओठमा चुम्बन गरिरहेका छन् ।

सो अध्यनमा दक्षिणी भारतको एक कास्य युगको पाण्डुलिपीलाई प्रस्तुत गरिएको छ । सो पाण्डुलिपी करिब इशापूर्व १५०० तिरको हो । तर प्राचीन मेसोपोटामिया तथा मिश्रमा यस्ता चिजहरु २५०० इशापूर्वमै देखिन्छन् । तिनै दस्तावेज तथा प्राचीन सबूतहरुले मानव सभ्यताका विभिन्न प्राचीन संस्कृतिहरुमा एक आपसमा चुम्बन गर्ने चलद हजारौं वर्षदेखि चलिआएको निष्कर्ष वैज्ञानिकहरुले निकालेका छन् ।

चुम्बन अचानक हुँदैन, जैविक प्रक्रिया हो

वास्तवमा चुम्बन गर्नु कुनै अचानक हुने प्रक्रिया होइन । यो एक खास प्रकारको जैविक प्रक्रिया हो । यो प्रेमको प्रकटीकरण मात्र होइन, यसकै कारण दुनियाँमा विभिन्न खालका रोगहरु समेत फैलिरहेका छन् ।

चुम्बनका बारेमा प्राचीनदेखि आधुनिक सबूतहरु प्नि उपलब्ध छन् । कोपनहेगन युनिभर्सिटीमा एसाइरोलोजी विषयका प्राध्यापक डाक्टर ट्रोएल्स प्यांक अरबोल भन्छन्, ‘हामीले जति सोंच्छौं र हामीसँग जुन प्रमाण छन् त्यसभन्दा निकै अगाडिदेखि नै मानिसले चुम्बन गर्दै आएको छ ।

अमेरिकाको इण्डियाना विश्वविद्यालयका क्रमविकास जीव वैज्ञानिक डाक्टर जस्टिन आर गार्सियाका अनुसार मेसोपोटामियाबाट प्राप्त माटोको पातोमा बनाइएको आकृतिबाट पनि उक्त सभ्यतामा रोमान्सका बेला चुम्बनको कति ठूलो योगदान थियो भन्ने झल्किन्छ ।

चुम्बन पनि विभिन्न खालका हुन्थे । यद्यपि शोधकर्ताहरुले केवल रोमान्टिक तथा यौनिक चुम्बनका विषयमा मात्रै अध्ययन गरे ।डाक्टर गार्सियाका अनुसार चुम्बन गर्नु सांस्कृतिक तथा मानिसहरुको आपसी सम्बन्धको विकासको कथा हो ।चुम्बन गर्नु एक प्रकारको सामाजिक व्यवहार पनि हो, जो विभिन्न देशहरुमा सामन्य रुपमा लिइन्छ भने कैयन् देशमा असामान्य तथा निकै गोप्य क्रिया मानिन्छ ।

बेबिलोनमा भेटिएको उक्त सभ्यताको करिब १८ सय इशापूर्वको एक प्राचीन माटोको चित्रमा पनि एक जोडीले एक अर्कालाई चुम्बन गरिरहेको देखिन्छ ।आधुनिक समयमा चाहिं हर्पेस नामक रोगका बारेमा अध्ययन गरिएको थियो । यसको सुरुआतको जडसम्म पुग्नु थियो । त्यसैले ओठमा गरिने चुम्बनको इतिहास खोतल्न थालियो । त्यसक्रममा कास्य युगका प्रमाण फेला परे, जुन इशापूर्व ३३ सय देखि १२ सय सम्मको अवधि हो ।

डाक्टर ट्रोएल्स अरबोलका अनुसार गहन चुम्बनको सुरुवात चाहिं इशापूर्व ३ सय तिरबाट भएको हुनुपर्छ । त्यसबेला भारतमा कामसुत्रको रचना भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button