रोचक

पर्सी एकादशीका दिन बन्नेभयो अचम्मको संयोग, ५ राशिलाई मिल्नेछ भगवान विष्णुको कृपा !

हिन्दू धर्ममा प्रत्येक महिनाको शुक्ल पक्ष र कृष्ण पक्षको एकादशी तिथिमा भगवान विष्णुको पूजाको ठूलो महत्त्व छ। माघ शुक्ल पक्षको एकादशी तिथिमा जय एकादशी मनाइन्छ । यस वर्ष जय एकादशी व्रत फागुन ८ गते परेको छ।

धार्मिक मान्यता अनुसार जय एकादशीको व्रत बसेर विष्णु भगवानको पूजा आराधना गर्नाले सुख, सौभाग्यको वृद्धि हुनुका साथै मनोकामना पूरा हुने गर्दछ । यसपटक जय एकादशी धेरै शुभ योगमा मनाइनेछ ।

पञ्चांगका अनुसार जय एकादशीका दिन प्रीति योग, आद्रा नक्षत्र, आयुष्मान योग लगायतका धेरै शुभ योगको सृजना हुनेछ । यसका साथै जय एकादशीका दिन ग्रहको राजकुमार बुधले मकर राशिबाट निस्केर कुम्भ राशिमा प्रवेश गर्ने भएको छ । जसका कारण मेष राशी सहित केहि राशिका व्यक्तिहरुलाई अथाह लाभ मिल्नेछ । आउनुहोस् जानौं यी भाग्यशाली राशिका…

मेष राशि:

मानसिक तनावबाट मुक्ति मिल्नेछ । नोकरीमा पदोन्नतिको अवसर मिल्नेछ । पैतृक सम्पत्तिबाट आर्थिक लाभ हुनेछ। दाम्पत्य जीवनमा सुख मिल्नेछ। स्वास्थ्यमा सुधार आउनेछ । प्रेम सम्बन्धमा मधुरता बढ्नेछ।

वृष राशि:

करियरमा नयाँ उपलब्धि हात लाग्नेछ । धन आर्जनका नयाँ मार्ग प्रशस्त हुनेछन् । भौतिक सुखसुविधा बढ्नेछ। आर्थिक स्थिति बलियो हुनेछ। जागिरमा पदोन्नति वा मूल्याङ्कनको सम्भावना बढ्नेछ। आम्दानीका धेरै स्रोतबाट आर्थिक लाभ हुनेछ।

सिंह राशि:

साथीभाइको सहयोगले काममा बाधा अड्चन हट्नेछ । व्यापार व्यवसायमा प्रगतिको सम्भावना रहनेछ । कार्यालयमा उच्च अधिकारीबाट सहयोग मिल्नेछ। करियरमा अपार सफलता मिल्नेछ । दाम्पत्य जीवनमा खुशीको वातावरण रहनेछ।

तुला राशि:

परिवारका साथ धार्मिक स्थलको भ्रमण हुनेछ । आध्यात्मिक कार्यमा रुचि बढ्नेछ। जीवनसाथीबाट पूर्ण सहयोग मिल्नेछ । दाम्पत्य जीवनमा सुख शान्ति रहनेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ।

धनु राशि:

रोजगारीका लागि यो समय निकै शुभ रहेको छ । विगतको लगानीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । आम्दानी बढाउने नयाँ अवसर मिल्नेछ। कार्यालयमा उच्च अधिकारीबाट पूर्ण सहयोग मिल्नेछ। व्यापार व्यवसायमा उन्नतिको बाटो सहज हुनेछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button