समाचार

मोटरसाइकल दुर्घटनामा परी बैतडीका मोडेल रोहितको भारतमा मृत्यु

बैतडीः मोटरसाइकल दुर्घटनामा परी बैतडीका मोडेल रोहित जोशी(लायन)को भारतमा मृत्यु भएको छ।

बैतडी घर भएका २३ वर्षीय रोहितको भारतमा मृत्यु भएको हो।

पुर्चाैँडी नगरपालिका–१ डाडाकोटका जोशी मोटसाइकल पछाडि सवार मुम्बैबाट दिल्लीतर्फ जाँदै गर्दा दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको उनका आफन्तले बताएका छन्।

जोशी म्युजिकल भिडियोको अडिसनका लागि भारत गएका बताइएको छ।

उनले केही नेपाली म्युजिक भिडियोमा काम गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button