समाचार

कसरी भयो युवा पत्रकार सुरजको काठमाडौंमा निधन ?

बैतडी: जिल्ला बाट पत्रकारिता गर्दै आइरहेका एक युवा पत्रकार सुरज महराको असामयिक निधन भएको छ।बैतडीको पाटन नगरपालिका-०४ घर भएका पत्रकार महराको काठमाडौंमा हिजो निधन भएको हो।

३ महिनादेखि अज्ञात छाला सम्बन्धी रोगबाट पीडित महरा २ महिनादेखि काठमाडौंमा उपचार गराइरेका थिए।उपचारकै क्रममा उनको हिजो एक्कसी मृत्यु भएको खबर थलिका सहकर्मी मनमोहन सिंह बिष्टले बताए|

बिगत केही बर्ष देखि आफैले डिजाइन गरेर ‘खबरथली’ नामक अनलाइन सञ्चारमाध्यम बैराथ मिडिया नेटवर्क प्रा.ली. दर्ता गरेर चलाइरहेका थिए।प्राबिधिक क्षेत्रका बिद्यार्थी समेत रहेका महरा कृष्ण मावि पाटनकाे कम्प्युटर इन्जिनियरिङ डिप्लाेमा तहको पाचाैं सेमेष्टरमा अध्ययनरत थिए।

टेक्नोलोजी र पत्रकारकारिता क्षेत्रमा एकदमै रुचि राख्ने २० बर्षिया महरा विभिन्न समाजिक संघ संस्था संग आवद्व रहेर समाजिक कामहरू समेत गर्दै आइरहेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button