रोचक

राशि अनुसार तपाईं कति वर्षमा हुनुहुनेछ करोडपति ? थाहा पाउनुहोस्।

राशि अनुसार तपाईं कति वर्षमा हुनुहुनेछ करोडपति ? थाहा पाउनुहोस्।
कडा परिश्रम र दिमागको सही प्रयोगको संयोजनले नै धनी बन्न सकिन्छ। यद्यपि धनी या गरिब हुनु कहिलेकाहीँ भाग्यको खेल पनि हुन् सक्छ। ज्योतिष अनुसार, धन लाभ हुनु राशिमा निर्भर गर्छ। ज्योतिर्विद अनुरुप कुन राशिका जातकले कुन उमेरमा धेरै धन पाउँछन् त ? हेर्नुहोस् ।

मेष राशि : मेष राशिका जातकले १९, २८, ३७ र ५५ वर्षको उमेरमा अचानक प्रचुर धन प्राप्त गर्ने योग छ। सामान्यतया: यी जातकले आफ्नै मेहनतबाट धन प्राप्त गर्छन्। यदि तपाई पर्याप्त धन लाभ होस् भन्ने चाहनुहुन्छ भने नियमित रुपमा लक्ष्मीलाई गुलाबको फूल अर्पण गर्नुहोला। यस्तो गर्दा माता लक्ष्मीको कृपा तपाईमाथि बनिरहनेछ र तपाईलाई नियमित धन लाभ हुनेछ ।

वृष राशि : यस राशिका जातकले कडा मेहनत गरेपछि धन प्राप्ति गर्नेछन्। उमेरको २९, ३८ र ५६ वर्षमा धन आगमनको सम्भावना प्रबल हुन्छ। वृष राशिका मानिसलाई आफ्नो जीवनसाथीबाट धन मिल्ने सम्भावना अवश्य बन्छ । नियमित रुपमा स्फटिकको माला धारण गर्नुहोला, ताकि धनको अभाव नहोस्।

मिथुन राशि : मिथुन राशिका जातकलाई २७, ३६, ४५ र ५७ वर्षमा अपार धन मिल्ने प्रबल सम्भावना हुन्छ। पैतृक सम्पति र आफ्नै मेहनतले यिनलाई धन प्राप्त हुन्छ। नियमित रुपमा हनुमान जीलाई सिन्दुर चढाउनुहोला र हनुमानजीको उपासना गर्नुहोला।

कर्कट राशि : कर्कट राशिका मानिसलाई आफ्नो उमेरको २३, ३२, ३७, ४८ र ५८ वर्षमा धन प्राप्त हुने मजबूत योग छ। यस राशिका जातकले धन प्राप्तिको मामिलामा ससुराली खलकबाट विशेष सहयोग पाउनेछन्। नियमित रुपमा लक्ष्मी मातालाई गुलाबको अत्तर अर्पण गर्नुहोला ताकि धन प्राप्तका मार्गहरु खोलून्।

सिंह राशि : सिंह राशिका मानिसले आफ्नै मेहनतले धन प्राप्त गर्दछन्। उमेरको २८, ३२, ५० र ६८ वर्षमा धन प्राप्तिको मजबूत योग बन्छ। नियमित रुपमा माता लक्ष्मीलाई अलैंची अर्पित गर्नुहोला र यसलाई प्रसादको रुपमा ग्रहण गर्नुहोला। यसो गर्दा धन सम्बन्धी कठिनाईहरु दूर हुनेछन्।

कन्या राशि : यस राशिका मानिसले आफ्नो कारोबार र जीवनसाथीबाट नियमित धन लाभ गर्छन्। खासगरी उमेरको १५, २४, ३३ र ४२ वर्षमा अपार धन पाउँछन्। नियमित रुपमा चाँदी धारण गर्नुहोला र भगवान शिवको उपासना गरे धन प्राप्ति सरल हुन्छ।

तुला राशि : यस राशिका जातकले उमेरको १६, ३४, ४२, ५१ वर्षमा स्त्री पक्षबाट धन प्राप्ति गर्ने योग छ। नियमित रुपमा सूर्य भगवानलाई जल चढाउँदा धन प्राप्ति हुन्छ र खर्च सन्तुलित रहन्छ।

वृश्चिक राशि : वृश्चिक राशिका मानिसलाई पिता या काकाको तर्फबाट धन मिल्ने योग छ। उमेरको ३५, ४४, ५३, ६२ वर्षमा प्रचुर धन मिल्ने सम्भावना छ। नियमित रुपमा गणेशजीलाई दूबो अर्पित गर्नुहोला र बिरुवामा जल चढाउनुहोला। यसो गर्दा धन प्राप्ति भईरहन्छ।

धनु राशि : उमेरको ३६, ४५, ४५ र ६३ वर्षमा धन प्राप्तिको योग बन्नेछ। यस राशिका जातकलाई माता या माताको माइतीपट्टिबाट धन लाभको सम्भावना हुन्छ। नियमित रुपमा माता लक्ष्मीलाई गुलाबको फूल चढाउनुहोला र गुलाबको सुगन्धलाई आफ्नो शरीरमा दल्नुहोला। यसो गर्दा धन प्राप्ति गर्न सहज हुन्छ।

मकर राशि : सामान्यतया: यस राशिका जातकले आफ्नो कारोबारबाट धन प्राप्त गर्नेछन्। उमेरको २४, ३७, ४६ र ५५ वर्षमा प्रशस्त धनागमनको सम्भावना छ। नियमित रुपमा हरेक मंगलबार उपवास राख्नुहोला र हनुमानजीको पूजा-अर्चना गर्नुहोला। यस्तो गर्नु लाभकारी हुनेछ।

कुम्भ राशि : यस राशिका जातकले आफ्नो भाग्य र ईश्वरको कृपाले धन प्राप्त गर्दछन्। उमेरको २९, २८, ४७ र ५७ वर्षमा यिनले प्रचण्ड धन लाभ गर्छन्। नियमित रुपमा मन्दिरमा केरा दान गर्नुहोला।

मीन राशि : उमेरको ३९, ४८ र ५७ वर्षमा धन आगमनको प्रबल सम्भावना बन्नेछ। यस राशिका जातकका लागि सन्तान पक्ष सधैँ आर्थिक लाभको कारण बन्छ। नियमित रुपमा पीपलको बोटको फेदमा तोरीको तेलको दियो बाल्नुहोला। यसो गर्दा लाभकारी हुनेछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button