मेयर हर्कलाई करिष्मा लेख्छिन् ‘धरानमा बगानलाई ठाउँ दिनुहोस्’, बालेनलाई पनि आग्रह
लोकप्रिय मेयरहरुको नामलाई स्ट्याटसमा लेख्दै अभिनेत्री करिष्मा मानन्धरले आफू अभिनित फिल्म ‘बगान’ को पब्लिसिटी गरेकी छन् । बेला बखत तारिफ भन्दा पनि ट्रोल र आलोचनाको सिकार भैरहने करिष्मा यो पटक आफैले लेखेको स्ट्याटसको कारण हासोको पात्र बन्दै छिन् । उनले यहि असारको २९ गतेबाट प्रदर्शनमा आउने आफू प्रमुख भुमिका रहेको फिल्म ‘बगान’ को स्ट्याटसमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहको नाम लिएकी छन् ।
नाम लिनु कुनै आपत्ती भएन । उनको यो पब्लिसिटी काईदालाई भन्दा पनि उनको लेखाइ शैली र शुद्धतालाई कमेन्टमा धेरैले उडाईरहेका छन् । हर्क लाई ‘हर्ष’ अनि साम्पाङ लाई ‘साम्पङ’ लेखेको भन्दै उनको खिल्ली उडाउनेहरुको सो पोस्टको कमेन्टमा देख्न सकिन्छ । मानन्धरले हर्ष लेखे पनि त्यसपछि ‘हर्क’ पनि लेखेकी छन् । यसको अर्थ खुशी भन्न खोजेको हुनसक्छ । तर, सामाजिक संजालमा कतिबेला कस्लाई ट्रोल बनाउ वा कस्लाई नराम्रो कमेन्ट गरौ भनेर पर्खिरहेकाहरुको लहर नै छ ।
करिष्माले शब्द शुद्धतामा ध्यान नदिदा यस्तो भोग्नुपरिरहेको छ । उनले ‘हर्ष ( हर्क ) साम्पङ् सामाजिक परिवर्तन सोचिरहेको छौ भने धरानमा यो चलचित्र ´बगान`लाई ठाउँ दिनुहोस’ भन्दै आफ्नो फेसबुक एकाउन्टमा पोस्ट गरेकी थिइन् । यस्तै उनले काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहलाई पनि ‘नेपाली चलचित्र कसरी बिस्तार गर्ने सोच्नु भयेको छ भने Support´बगान` । भन्दै पोस्ट गरेकी छन् । यी २ पोस्ट पछि उनको फिल्मको कुरा भन्दा उनको लेखाइ र बौद्धिकताको चर्चा कमेन्टमा धेरै देखिन्छ । अनि कसरी भयो फिल्मको पब्लिसिटी ? उनको यो तरिका फ्लप भएन र ? आशा गरौ उनको यो तरिका जस्तै सिनेमा हलमा ‘बगान’ फ्लप नहोस् । कम्तिमा पनि पोस्टरको चाहिँ लगानी उठाउन सकोस् । शुभकामना ।