समाचार

धनुषामा बसी भात खान दिएको निहुमा सौतेनी आमाको हत्या

बासी भात खान दिएको निहुमा धनुषामा एक युवकले सौतेनी आमाको हत्या गरेको घटना सार्वजनिक भएको छ । हाल धनुषाको गणेशमान चारनाथ नगरपालिका ४ शिवनगर पथराईका अशोक जैसवालको घरमा डेरा गरी बस्दै आएका भारत बिहारको बेतिया नरकटियागंज थाना केयुनियाका राजु भगतका २० वर्षीया छोरा प्रेम भगतले सौतेनी आमाको हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रेमले आफ्नी कान्छी आमा ३९ वर्षकी मिरा देवी भगतको काठको मुंग्रो टाउकोमा बजारेर हत्या गरेको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए । उनका अनुसार शनिबार दिउँसो बासीभात खाने विषयमा बिबाद भएको थियो । आवेशमा प्रेमले काठको मुंग्रो पछाडिबाटै सौतेनी आमाको टाउकोमा प्रहार गरेका थिए ।

घटना स्थलमै मृत्यु भएपछि उनले घटनालाई ढाकछोप गन शवलाई जलाइदिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । प्रेम आफना बुवा संगै बसेर राजमिस्त्रीको काम गर्दै आएका छन् ।

‘बासीभात खान्न बरु होटलमा खान्छु’ भनेपछि आमाले बुवाको नाम लिएर तथानाम गाली गरेपछि आफुले धक्का दिँदा आमा लडेको र काठको चिरपटले हान्न खोजेपछि आफू खोसेर पिठयुमा हान्न खोजेपनि टाँउमा लागेर आमाको मृत्यु भएको प्रहरीको बयानमा प्रेमले अपाराध स्वीकार गरेको एसपी खड्काको भनाइ छ ।

मृतक मिरा राजु भगतका कान्छी श्रीमती हुन् । मिराको पहिलाकै श्रीमानबाट पनि २ छोरी र १ छोरा छन् । मृतक मिराको यो दोश्रो विवाह हो र उनको हाल राजु भगतबाट एक दुई महिनाको छोरा छन् ।

करिव ८ महिना पहिला राजु भगतले आफ्नो जेठी श्रीमति पक्षको छोरा प्रेमलाई समेत नेपालमा ल्याई राजमिस्त्री काममा लगाएका थिए । सौतेनी आमा र छोराको बेला बेला झैझग्डा हुने गरेको प्रहरीले जनाएको छ ।
पक्राउ गरेका युवक र जल्न बाँकी कपडासहितका वस्तुसहित प्रहरीले आज प त्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । घटना बारे थप अनुसन्धान भइरहेको एसपी खड्काले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button