मनोरन्जनसमाचार

पुन:अभिनयमा फर्किए कलाकार धुर्मुस-सुन्तली

काठमाडौं- लामो समययता अभिनय यात्रा रोकेर समाजसेवामा लागेका हास्यकलाकार जोडी सिताराम कट्टेल(धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) पुन: अभिनयमा फर्किएका छन् ।

गायिका सुजाता केसी र तुलसी सिवाकाेटीको स्वर रहेको रोमान्टिक गीत ‘हंगामा’को म्युजिक भिडियोमा धुर्मुससुन्तलीलाई नयाँ शैलीमा प्रस्तुत गरिएको छ । सिडी विजय अधिकारीको शब्द तथा संगीत रहेको गीतमा केशव बडुको एरेन्ज रहेको छ ।

युवा निर्देशक प्रहिल कार्कीको निर्देशन रहेको भिडियोमा सुरेन बसेलको कोरियोग्राफी, अर्जुन तिवारीको सिनेमाटोग्राफी र माधव बेलबासेको सम्पादन रहेको छ । गीतलाई गायिका सुजाता के सीको युट्युब च्यानलमा गएर हेर्न सकिन्छ ।

अर्को महिना जुलाईदेखि यसै गीतका गायक तुलसी सिवाकाेटीको साथमा पहिलोपटक युरोपको कार्यक्रममा जान लागेका धुर्मुससुन्तली लामो समयपछि बिस्तारै स्टेज प्रोग्राम र अभिनयमा कमब्याक गर्ने कोसिस गरिरहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button