मनोरन्जन

बधाई आउन थालेपछि वर्षाले भनिन्– म गर्भवती छैन

अभिनेत्री वर्षा राउतले शनिबार सामाजिक सञ्जालमा एकसाथ उस्तै खालका दुइटा तस्बिर पोस्ट गरिन्। उक्त तस्बिरमा उनलाई बधाईको ओइरो आउन थाल्यो।

तस्बिरमा वर्षाको पेट पुट्ट निस्किएको देखिएको छ। धेरैले उनी गर्भवती भएको अनुमान गर्दै बधाई दिए।

यसरी फ्यान एवं शुभचिन्तकबाट बधाई आउन थालेपछि वर्षाले आफू गर्भवती नरहेको प्रष्टिकरण दिएकी छन्। उनले कमेन्टमा लेखेकी छन् – ‘सबै जना शान्त हुनुहोस्, म गर्भवती छैन।’

वर्षाले ६ वर्षअघि अभिनेता एवं व्यवसायी संजोग कोइरालासँग विवाह गरेकी थिइन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button