अन्तर्राष्ट्रियरोचकसमाचार

सर्पले आफुलाइ टोकेको भन्दै एक युवकले सर्पलाइ टोकेपछि…

सर्पको टोकाइबाट मानिसको मृत्यु भएकाे खबर कुरा हामी सबैले सुनिरहेकै हाे । तर भारतमा यसकाे ठ्याक्कै उल्टाे भएकाे छ । भारतस्थित बिहारको नवादामा सर्पको टोकाइबाट युवककाे होइन, युवकको टाेकाइबाट एक सर्पको मृत्यु भएको छ ।

हाे, सुन्दा अचम्म लाग्न सक्छ तर याे सत्य घटना हाे । खासगरी, नवादा नाम गरेकाे गाउँमा सर्पले कसैलाई डसेमा ती व्यक्तिले दुईपटक सर्पलाई डसे भने विष लाग्दैन भन्ने चलन रहेको छ ।

साेहि चलन अनुरूप ती युवकले पनि सर्पलाई नै डसिदिएका हुन् । जसपश्चात सर्पकाे मृत्यु भएकाे हाे।भारतीय संचारमाध्यमका अनुसार सर्पलाई डस्ने ती युवकको नाम सन्तोष लोहार हाे ।

घटना के हाे ?

रजौली प्रहरी चौकी क्षेत्रको जंगलमा रेल लाइन बिछ्याउने काम चलिरहेको छ । दिनभरकाे थकान मार्न राति सबै मजदुर आधार शिविरमा सुतिरहेका थिए । यसैबीच, सन्तोष लोहार नामका मजदुरलाई विषालु सर्पले दुई पटक टोक्याे । आक्रोशित सन्तोषले फलामको रडले सर्प समाते । त्यसपछि, उनले तीन पटक सर्पलाई टोके। जसपश्चात सर्पको मृत्यु भयो ।

उपचारका लागि अस्पताल भर्ना

यस घटनाको जानकारी प्राप्त हुनासाथ रेलवे अधिकारीहरूले सन्तोष लोहारलाई तुरुन्तै उपचारका लागि उपविभागीय कार्यालय पठाए। लोहारलाई अस्पतालमा भर्ना गरियो जहाँ उनलाई रातभर राखिएका थियाे । अस्पतालले भोलिपल्ट सन्तोषलाई डिस्चार्ज ग-याे। आफ्नो गाउँमा सर्पले कसैलाई एकपटक टोकेमा दुईपटक टोक्दा सर्पकाे विष नलाग्ने चलन रहेको सन्तोषले बताएका थिए ।

चिकित्सकको सहयोग महत्त्वपूर्ण

याे घटना अनौठो र अचम्मको हाे । कुनै व्यक्तिलाई सर्पले टोक्नु असामान्य भएतापनि यस्तो अवस्थामा तुरुन्तै चिकित्सकको सहयोग लिनु जरुरी छ। यस्ताे अवस्थामा सचेत रहनु आवश्यक छ । तर जनावरको आक्रमणमा उचित प्रतिक्रिया दिनु पनि आवश्यक छ । यसरी जीवन र स्वास्थ्य सुरक्षित गर्न सकिन्छ।

भारतीय संचारमाध्यमका अनुसार युवकलाई तत्काल चिकित्सा सहायता प्राप्त भयो । साेहि कारण उनी बाँच्न पनि सफल भए। सर्पले टोकेमा तुरुन्तै डाक्टरसँग परामर्श लिनु र एन्टी वेनम इन्जेक्सन लिनु जरुरी हुन्छ।

एजेन्सी ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button