समाचार

महानगरले तोक्यो क्षेत्र अनुसार फरक फरक पार्किङ शुल्क, कुन ठाउँमा कति ?

काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र सवारी पार्किङको शुल्क तोकेको छ । महानगरपालिकाले आफूले छुट्याएको वा तोकेको पार्किङ क्षेत्र र निजी क्षेत्रले बनाएर सञ्चालनमा रहेका पार्किङ स्थलको भाडा तोकिएको हो ।

महानगरको आर्थिक ऐन अनुसार पार्किङ स्थालको दर तोकिएको महानगरले जनाएको छ । महानगरले धेरै व्यस्त हुने क्षेत्र र कम व्यस्त हुने क्षेत्र गरी दुई क्षेत्रम विभाजन गरेर पार्किङ शुल्क तोकेको छ । व्यस्त क्षेत्रलाई ‘नम्बर १’ र कम व्यवस्त क्षेत्रलाई ‘नम्बर २’ भनिएको छ ।

नम्बर १ मा न्यूरोड, धर्मपथ, दरबारमार्ग, त्रिपुरेश्वर, रत्नपार्क, भोटाहिटी, केशरमहल र लैनचौर क्षेत्र छन् । यी क्षेत्रमा रहेका पार्किङ स्थलमा सवारी पार्क गर्दा २ पाङ्ग्रे सवारीसाधन आधा घण्टा भन्दा कम समय पार्किङ गरिए १५ रुपैयाँ र एक घण्टा पार्किङ गरिए भए २५ रुपैयाँ लाग्नेछ । १ घण्टा भन्दा माथि जति समय पार्किङ हुन्छ यहीँ दरमा शुल्क बढ्दै जानेछ । जस्तै, कुनै मोटरसाइकल १ घण्टा २० मिनेट पार्किङ भएमा एक घण्टाको २५ र आधा घण्टासम्मको १५ गरी जम्मा ४० रुपैयाँ लाग्नेछ ।

नम्बर १ मा परेका क्षेत्रमा ४ पाङ्ग्रे सवारी साधन पार्किङ गर्दा आधा घण्टाको ५० रुपैयाँ र एक घण्टाको ८० रुपैयाँ लाग्ने छ । तर, १ घण्टा भन्दा बढी अवधि पार्किङ गरेमा त्योभन्दा बढी समय पार्किङ भए घण्टा र आधा घण्टाकै दरले बढी शुल्क लाग्छ । जस्तै, कुनै एक ४ पाङ्ग्रे सवारी दरबारमार्गमा १ घण्टा २० मिनेट पार्किङ भएमा उक्त गाडी धनी वा चालकले एक घण्टाको ८० रुपैयाँ र आधा घण्टा सम्मको ५० रुपैयाँ गरी १३० रुपैयाँ तिर्नुपर्छ ।

त्यस्तै, ‘नम्बर २’मा क्षेत्र नम्बर १ मा तोकिए बाहेकका सबै ठाउँ पर्नेछन् । क्षेत्र नम्बर १ मा परेका स्थान बाहेकमा २ पाङ्ग्रे पार्किङ गर्दा १ घण्टाको १५ रुपैयाँ लाग्नेछ भने ४ पाङ्ग्रे सवारी पार्किङ गर्दा प्रति घण्टा ४० रुपैयाँ लाग्नेछ । ४ पाङ्ग्रे भन्दा ठूला गाडी पार्किङ गर्दा भने १ घण्टाको १ सय रुपैयाँ शुल्क तोकिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button