समाचार

रिहा भएपछि बल्छी धुर्वेसहितका कलाकारले भने- काममा चाँडै फर्कन्छौं

काठमाडौं । काठमाडौं जिल्ला अदालतको आदेशपछि वान-एक्स बेट प्रकरणमा पक्राउ परेका कलाकार र युट्युवर बुधबार बेलुका रिहा भएका छन् ।

अनलाइन सट्टेबाजी गराउने वेबसाइट वान एक्स बेटको प्रचार गरेको आरोपमा कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर), जलन घर्तीमगर, अलिश राई गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा र सरोज घिमिरे पक्राउ परेका थिए ।

अदालतले कलाकारलाई ५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । रिहा भएपछि अदालत परिसरबाहिर मिडियासँग कुरा गर्दै उनीहरुले अदालतले न्याय दिएको बताए ।

बल्छी धुर्वेले चाहिँ तत्काल नबोल्ने बताए भने पवन खतिवडा म्याकुरीले आफूहरुबाट गल्ती भएको बताउँदै काममा चाँडै फर्कने बताए ।

उनीहरुलाई स्वागत गर्न अन्य कलाकार पनि अदालत बाहिर पुगेका थिए ।

सट्टेबाजी गराउने एजेन्ट भनिएका दिनेश खड्का र अनिता धिताललाई चाहिँ १० लाख रुपैयाँ धरौटी अदालतले मागेको छ ।

यो प्रकरणमा संलग्न कुशल पोखरेल फरार छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button