समाचार

हिजो बढेको सुनको मूल्य आज फेरी बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। बिहीबार सुनको मूल्य प्रति तोला १ लाख १२ हजार ४ सय रुपैयाँ कायम भएको छ।

बुधबार प्रति तोला १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज ८ सयले बढेर प्रति तोला १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै, तेजाबी सुनको मूल्य १ लाख ११ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ४० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला ४० रुपैयाँले बढेको हो। बुधबार चाँदी प्रति तोला १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button