स्वास्थ्य

यो तत्त्वको कमीले घटाउँछ यौन चाहना ?

थाहा पाउनुहोस् शरीरमा कुन तत्त्वको कमीले गर्दा यौनमा रुचि उत्पन्न हुन्छ… यदि हाम्रो शरीरमा आइरनको कमी भयो भने यसले हाम्रो यौन जीवनमा असर गर्छ ।

शरीरमा आइरन तत्त्वको कमीका कारण महिला र पुरुषको यौन जीवनमा फरक–फरक असर पर्छ ।

यदि तपाई पनि यस्तै महसुस गर्दै हुनुहुन्छ वा तपाईँको यौन जीवन राम्रो चलिरहेको छैन भने तुरुन्तै चिकित्सकको सल्लाह लिनुहोस् ।

वास्तवमा महिलाको शरीरमा आइरनको कमीका कारण यौन सम्पर्कमा सुस्तता आउने गर्छ । यस्तो अवस्थामा महिलाहरू आफ्नो यौन जीवनको पूर्ण मजा लिन पाउँदैनन् र कहिलेकाहीँ यो कुरा सम्बन्धमा तिक्तताको कारण पनि बन्न पुग्छ ।

आइरनको कमीका कारण महिलामा महिनावारीको समयमा अत्यधिक रगत बग्ने समस्या पनि हुने गर्छ । महिला जस्तै पुरुषको शरीरमा पनि आइरनको कमी भयो भने उनीहरूको यौन जीवनमा पनि धेरै किसिमले असर पर्छ ।

पुरुषमा यौनप्रति रुचिसँगै चिडचिडेपन पनि बढ्छ । यदि तपाईँ आफ्नो खुट्टामा जलन, बेचैनी र चिलाउने महसुस गर्दै हुनुहुन्छ भने, तपाईँको शरीरमा आइरनको कमी छ भनेर बुझ्नुहोस् । यस्तो अवस्थामा तुरुन्तै चिकित्सकको सल्लाह लिनुहोस् ।

वास्तवमा, आइरनको कमीका कारण मुड स्विङ सुरु हुन्छ र टाउको दुखाइ पनि रहन्छ । यसले तपाईँको स्वभावलाई चिडचिडे बनाउँछ । यस्तो अवस्थामा तुरुन्तै डाक्टरसँग परामर्श लिनु उपयुक्त हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button