समाचार

तान्त्रिक भनिएका नम्रताका गुरुले खोले मुख, भने- सारुकले मन अस्थिर भयो भनेसी बुटी दिएको हुँ

अभिनेत्री नम्रता श्रेष्ठका तान्त्रिक गुरु भनिएका ईश्वर अधिकारीले आफूले ग्रहशान्ति पूजा आत्महत्या गरेका सारुक र नम्रताको नभई सिनेमा ‘ह्यासट्याग माया’का निर्देशक राजीव गुरुङको गरेको बताएका छन्।

एक अनलाइनसँग कुरा गर्दै अधिकारीले यस्तो बताएका हुन्।

‘मेरो बुटीमा त्यस्तो केही मिसाइएको हुन्न। उहाँहरूसहित १५ जना जतिले लगाउनुभएको छ। मेरो मन चञ्चल भइरहेको छ गुरु भनेपछि सारुकलाई बुटी लगाइदिएको हुँ’ उनले सो अनलाइनसँग भनेका छन्।उनले नम्रतासँग दुई वर्ष अगाडि चिनजान भएको र ग्रह पूजा गर्न आग्रह गरेपछि दोलालघाट गएर आफूले पूजा गरेर काठमाडौँ फर्किएको उनले बताएका छन्।

त्यस्तै अधिकारीले नम्रता आफ्नो मुख बोली चेली रहेको तर दीक्षा भने नलिएको बताए।

‘मैले दिने बुटीले कसैको मन शान्त हुन्छ भने दिनुपर्छ भनेर दिने हो। विश्वास गर्नेहरू पनि हुन्छन्। जसले बुटी लगाउनु भएको छ उहाँहरूले मन स्थिर भएको छ भन्नुहुन्छ’ उनले सो अनलापनसँग कुरा गर्दै भनेका छन्।।

मध्यरात दोलालघाटको शिव मन्दिर नजिकैको मसानघाटमा बोका बली दिएर गरिएको पूजाबारे भने उनले विस्तृत खुलाउन नचाहेको पनि सो समाचारमा उल्लेख छ।

गुरुले यस्तो बताएपनि निर्देशक राजीवले शनिवार सात महिना अगाडि दोलालघाट गएर पहिला शिव मन्दिरमा पूजा गरेको र पछि आफू होटेलमा बसेर गुरु अधिकारीसहित तीन जना १२ बजे मसानघाटमा पूजा गर्न गएको सार्वजनिक गरेका थिए। सारुकको परिवारका अनुसार आत्महत्यापछि उनको गलामा बुटी फेला परेको थियो।

घटनापछि राजिबले आफूले लगाउँदै आएको बुटी धोबीखोलामा फालेको शनिबार एक भिडियो अन्तरवार्तामा बताएका थिए।

त्यस्तै घटना लगत्तै सिनेमाका अर्का अभिनेता रोयदिप श्रेष्ठसँगै सारुकको घर पुगेकी अभिनेत्री नम्रता सारुको परिवारको सम्पर्कमा छैनन् र सारुकका सबै कलाकार साथी अन्तिम संस्कारका लागि आर्यघाट पुगेपनि उनी भने पुगेकी थिइनन्।

सुरुमा निर्माण पक्षले राम्रोसँग सुटिङ भएको र कुनै विवाद नभएको सुरुमा बताएको थियो। तर शनिबार सार्वजनिक भएको सिनेमाका निर्देशक राजिबको अन्तरवार्तामा भने सुटिङपछि नम्रताले सारुकलाई बन्द कोठा भित्र थर्काएको र सोको आवाज आफूहरुले सुनेको बताएका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button