समाचार

मनकामना कलेजकी जेहेन्दार छात्रा सम्झना मृत भेटिइन्

बिर्तामोड । बिर्तामोडस्थित मनकामना कलेजको बीएड तेस्रो वर्षमा अध्ययनरत एक जेहेन्दार छात्रा मृत भेटिएकी छन् ।

इलाम सूर्योदय नगरपालिकाको लक्ष्मीपुर घर भएकी २४ वर्षिया सम्झना राई बिहान ११ बजे बिर्तामोड १ स्थित आफू बस्दै आएको कोठामा मृत भेटिएकी हुन् ।

उनी पासो लागेर झुन्डिएको अवस्थामा भेटिएकी हुन् । उनले आत्महत्या गर्नुको कारण खुलिसकेको छैन ।

त्यसबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

‘आफूले आफूलाई प्रमाणित गरेर देखाउनुपर्छ’ भनेर सामाजिक संजालमा उनले अन्तिम पोष्ट गरेकी थिइन् । मृतक संझना कलेजकै स्मार्ट, खेलकुदमा दख्खल भएकी र जेहेन्दार विद्यार्थी रहेको हेड अफ डिपार्ट कुमार थपलियाले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button