मनोरन्जन

प्रकाश सपुतको ‘दमाई महाराज’ सार्वजनिक

काठमाडौं । गायक प्रकाश सपुतले ‘दमाई महाराज’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् ।

स्वर, शब्द र संगीत सपुतकै रहेको गीतमा शान्तिश्री परियारको पनि स्वर छ ।

भजन शैलीमा ल्याइएको उक्त गीत जातीय विभेदविरुद्ध रहेको छ । गीतमा धार्मिक अध्ययन र भक्तिबाट पारंगत भएर फर्किएको दलित समुदायलाई प्रस्तुत गरिएको छ ।

गीतले मन भुलाउन सहयोग गर्ने विश्वास लिएको सपुतले सामाजिक सञ्जालमा बताएका छन् । उनले भने, “यो गीतले हाम्रो मन भुलाउन सहयोग र विश्वास गर्नेछ भने भिडियोले हाम्रो विभेदकारी अन्धविश्वासलाई चिर्न सहयोग गर्नेछ ।”

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button