समाचार

कम्पनी दर्ता भएकाे तीन महिनामै कराेडाैंकाे तस्करी

काठमाडौ । रेडी ट्रेडकाे नाममा एक महिनामै १३ पटक ब्रेक शु र दारी काट्ने मेसिन आयात भएकाे पुष्टि भएकाे छ । दोलखाका दिलिप भुजेलको एकल स्वामित्वमा रहेको रेडि ट्रेड प्रालिले यस अघि पनि ब्रेक शु सँगै दारी काट्ने मेसिन पटक-पटक ल्याएको देखिएकाे हाे ।

साउन ३ गते हङकङबाट त्रिभुवन विमानस्थल भित्रिएको करिब १ क्विन्टल सुन राजस्व अनुसन्धान विभागले बरामद गर्‍याे । सो सुन ‘ब्रेक शु’ भित्र लुकाएर ल्याइएको थियो । ‘ब्रेक शु’ आयात गर्ने कम्पनी रेडी ट्रेड प्रालि थियो भने कम्पनीका मालिक दाेलखाका दिलीप भुजेल रहेका छन् । जसकाे परिवारमा दुईछाक खानकाे लागि नै दैनिक मजदुरी गर्न पर्दछ । उनकाे कम्पनी दर्ता भएयता २८ पटक आयात गरेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयकाे तथ्याङ्कमा उल्लेख रहेकेा छ ।

कम्पनीकाे नााममा १५ पटक ब्रेक प्याड, १२ पटक सेभर र एक पटक मेकानिकल मोटर रेडी ट्रेडले आयात गरेकोत्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रवक्ता अम्बिकाप्रसाद खनालले जानकारी दिए ।

१५ पटकमा कहिले ४० सेट, कहिले ८० सेट र कहिले ६० सेट गरी ६२० सेट ब्रेक प्याड ल्याएको उनले बताए । उनका अनुसार एकपटक भने १२० सेट ब्रेक प्याड ल्याएको छ । ब्रेक प्याड पहिलो पटक जेठ १० गते आयात गरेको छ । कम्पनीले त्यतिबेला ४० थान ब्रेक प्याड भित्र्याएको थियो ।

यस्तै १२ पटकमा २६ सय थान दारी काट्ने मेसिन भित्रिएको देखिन्छ । पहिलो पटक २०८० जेठ २३ गते ४०० थान दारी काट्ने मोसिन ल्याएको थियो । त्यसयता सो कम्पनी मार्फत १३ पटक सामान भित्रियो । जसमा एकपटक मात्र मेकानिकल मोटर आयात भएको थियो ।

खनालका अनुसार रेडि ट्रेडले दाह्री काट्ने मेसिन (सेभर) चीनको दोङ्गुन सुतु ट्रान्सपोर्टेन कम्पनी लिमिटेडबाट सामान आयात गरेको रेकर्डमा देखिएको छ । यस्तै तालमुड कम्पनी ताइवानबाट पनि मेकानिकल मोटर आयात भएको छ । ब्रेक प्याड भने जियाङनेन फेङतोङ ट्रान्सपोर्टेसन कम्पनी लिमिटेड चीनबाट आयात भएको छ ।

यतिबेला याे कम्पनीकाे नाममा आयत भएका हरेक सामानहरुमा कराेडाैंकाे समान तस्करी गरीएकाे हुन सक्ने आशंका गर्न थालीएकाे छ । कम्पनी दर्ता भएकै तीन महिनामा झण्डै एक क्वीन्टल बढी तस्करीकाे सुन भेटीए पछि याे कम्पनीले आयात गरेका समानहरुमा आशंका पैदा भएकाे हाे ।

कम्पनी रजिस्ट्रारको कार्यालय अनुसार दोलखाका दिलीप भुजेलको एकल स्वामित्व रहने गरी रेडी ट्रेड प्रालि नामक कम्पनी २०७९ चैत १९ गतेमात्रै दर्ता भएको थियो । कम्पनीको उदेश्य विदेशबाट सामान आयात गर्ने उल्लेख छ । बुढानीलकण्ठ नगरपालिका ४ ठेगाना राखेर कम्पनी दर्ता भएको देखिएकाे छ ।

याता भुजेलका आफन्तले भने दिलीपलाई याे कमेपनीले के गर्छ र किन याे कम्पनी खाेलीयाे भनेर समेत थाहा नभएकाे बताएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button