समाचार

इटहरीमा चार जना चढेको मोटरसाइकल दुर्घटना हुँदा एकैगाउँका तीन जनाको मृत्यु

सुनसरी : इटहरीको पकलीमा चार जना सवार मोटरसाइकल दुर्घटना हुँदा एकैगाँउका तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

हिजो शुक्रबार राति १० बजेर ४० मिनेटतिर इटहरी १७ कान्छी चौकस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमतर्फ जाँदैै गरेको भारतीय नम्बर डब्लु बी ७३ इ ९११७ को पिकअपसँग पश्चिमबाट पूर्व आउँदै गरेको को २९ प ३७१२ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर भएको थियो ।

दुर्घटनामा घाइते मोटरसाइकलमा सवार चारैजनालाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो ।

उपचारका क्रममा एकैगाँउका इटहरी- १६ मा बस्ने अन्दाजी २६ वर्षीय करण चौधरी, सोही ठाउँका २७ वर्षीय शम्भु चौधरी, २४ वर्षीय अनिनेश चौधरीको मृत्यु भएको प्रदेश ट्राफिक कार्यालय इटहरीले जनाएको छ ।

दुर्घटनामा २७ वर्षीय प्रेमलाल चौधरी गम्भीर घाइते भएका छन् । उनको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पिकअप चालक भारत दार्जीलिङ फोडिगढी बस्ने ३२ वर्षीय गोविन्द वरमुनलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ ।
मोटरसाइकल तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button