समाचार

कोरियाबाट नेपाल फर्कन लागेका पाँचथरका भुपेशकाे १२ दिनपछि भेटीयाे शव

काठमाडाैं । फेसवुक स्टोरिमा अल बिदा लेखि बेपत्ता रहेका दक्षिण कोरियामा कार्यरत भुपेस नेम्बाङकाे १२ दिन पछि उल्सान नदिमा शव फेला परेको छ । थेगु एरियाको एक कम्पनीमा कार्यरत पांचथरका २५ वर्षिय भुपेस नेम्बाङ लिम्बु फेसबुक स्टेारीमा अलबिदा लेखि कम्पनीबाटै साथीहरू र परिवार संग सम्पर्कमा विहीन भएका थिए ।

खेलप्रेमी रुपेश कोरिया गएको पाँच वर्ष सकिनै लागेको समयमा नेपाल फर्कन लागेका र १२ दिन अघि उनले अल बिदा लेखेर बेपत्ता भएका कोरियाको प्रहरीलाई उद्दृत गर्दै दूतावासले जनाएको छ ।

सधै हाँसो मजाक गरिरहने रमाईलो गर्ने ब्यक्तिले यसरी बेपत्ता होला भनेर नसोचेको नजिकका साथीहरुले बताएका छन् । बेपत्ता हुने दिन पनि अबेरसम्म रमाईलो गरेको र राती बाहिर निस्केर भोलि पल्ट काममा नआएपछी उनको खोजी कार्य शुरु गरेको कम्पनिमा कार्यरत साथीहरुको भनाइ छ ।

खोजी गर्दै जादा नदि किनारमा उनले प्रयोग गर्ने साईकल भेटिएको थियो भने नजिकैको प्रतिक्षालयमा उनको पर्स भेटिएको थियो ।

कम्पनिका साथीहरु स्थानिय निकाय र प्रहरीरुले उनको खोजी कार्य तिब्र पारेको थियो । कोरियामा निरन्तर बर्षाका कारण पानी धमिलो र पानीको वहाव अत्याधिक भएकोले लामो समय सम्म खोजि कार्य सहज हुन सकेको थिएन । उनको मृत शरिर १२ दिनपछि फेला परेको बताइएकाे छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button