रोचक

उडिरहेको विमानको भुईँमा महिलाले पिसाब फेरेपछि…

पछिल्ला केही महिनामा, विमान भित्र अभद्र व्यवहारको धेरै खबर आएका छन् । एक व्यक्तिले नजिकैका अर्का यात्रुमाथि पिसाब फेरिदिने, यात्रीलाई विमानस्थलमा नै छोडिदिनेदेखि महिलालाई विमानभित्र बिच्छीले टोक्रेसम्मका केही अनौठा घटनाहरू सार्वजनिक भएका छन् ।

अब यस्तै अर्को अनौठो घटना ‘भ्यू फ्रम द विङ’को रिपोर्टमा प्रकाशित भएको छ, जसमा एक महिलाले उडानका क्रममा विमानको भुईँमा ‘पिसाब फेर्न बाध्य’ भएको बताएकी छन् । महिलाले एयरलाइन्सका कर्मचारीले उनलाई धेरै घण्टासम्म विमानको शौचालय प्रयोग गर्नबाट रोकेको दाबी गरेकी छिन् ।

यो अपमानजनक घटना अमेरिकाको स्पिरिट एयरलाइन्सको उडानमा भएको हो । ती महिलाले दुई घण्टा कुरेको र थप सहन नसकेपछि विमानको भुईँमा नै पिसाब फेरिदिएको बताएकी छिन् । क्याबिन क्रुका एक सदस्यले यसको भिडियो रेकर्ड गरेका छन् । यो भिडियोको क्याप्सनमा भनिएको छ । उडानमा एक महिलाले विमानको भुईँमा नै पिसाब फेरिदिएकी छिन् । किनभने उडान भरेपछि शौचालयको ढोका खोलिने बेलासम्म उनी प्रतीक्षा गर्न चाहँदैन थिन् ।’ यसैबीच विमानको चालक दलका सदस्यले ती महिलालाई ‘तपाईंको पिसाबबाट दुर्गन्ध आइरहेको छ, पानी पिउनुहोस्’ भनेर सुन्न सकिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button