समाचार

वरिष्ठ सई मृत्यु प्रकरण : होटल संचालकबाटै हत्या भएको निष्कर्ष

बागलुङ : बागलुङको बडिगाड गाउँपालिका–६ स्थित आशा होटलमा मृत भेटिएका वरिष्ठ सईको हत्या भएको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट निष्कर्ष निकालेको छ ।इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ प्रहरी नायव निरीक्षक (सई) उज्जल पौडेल सोमबार बिहान होटलमा मृत भेटिएका थिए ।पर्दाको पासो लगाएको अवस्थामा आशा होटलको तल्लो तलामा मृत भेटिएका पौडेलको हत्या भएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

हत्यामा संलग्न आरोपमा प्रहरीले होटल संचालिका ५१ वर्षीय आशा कुँवर र उनका छोरा विनोद कुँवरलाई पक्राउ गरेको छ । होटलमा खाजा खान गएका वरिष्ठ सई पौडेल र होटल संचालिकाको आमा–छोरासँग विवाद हुँदा हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।प्रहरीले धौलागिरि अस्पतालमा शवको पोस्टमार्टम नगरी कास्की पोखरा लगेको थियो । पोस्टमार्टमपछि शव परिवारको जिम्मा लगाइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button