मनोरन्जन

मिरुनाको हातमा ‘रंगेली ग्याङस्टार’, अर्पणसँग जोडी बाँध्दै

नायिका मिरुना मगरको हातमा एकपछि अर्को फिल्म परिरहेको छ । फिल्म ‘जारी’ले बम्पर व्यापार गरेपछि मिरुनाको हातमा फिल्मको अभाव नै छैन । उनै, मिरुनाले केही दिन अगाडि फिल्म ‘उनको स्विटर’ साइन गरेकी थिइन् ।अब, मिरुनाले अर्जुन सुवेदीको निर्देशनमा तयार हुन लागेको फिल्म ‘रंगेली ग्याङस्टार’ साइन गरेकी छिन् । यो फिल्ममा मिरुनाको जोडीको रुपमा नायक अर्पण थापाले काम गर्ने पक्का भएको छ ।

फिल्मको निर्माण जितेन्द्र खतिवडाले गर्न लागेका हुन् । फिल्ममा यी दुई कलाकार बाहेक अन्य कलाकारलाई अडिसनबाट फाइनल गर्ने निर्माणपक्षले बताएको छ । इटहरीमा अडिसन हुने फिल्मको छायांकन मोरङको रंगेलीमा हुनेछ । फिल्मले रंगेलीका ग्याङस्टारहरुको कथा भन्नेछ ।मिरुना अभिनित फिल्म ‘नांगो गाउँ’ भने भदौको २९ गतेबाट रिलिज हुँदैछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button