समाचार

माल्टा प्रकरण : उपमेयरले नै दिइन् पीडितलाई ज्यान मार्ने धम्की, पक्राउ पुर्जी जारी

सुर्खेत : सुर्खेतमा रोजगारीका लागि माल्टा पठाइदिन्छु भनी गरिएको ठगी प्रकरणले उग्र रूप लिँदै गएको छ। सुर्खेतको गुर्भाकोट नगरपालिका–९ का कमानसिंह कामीबाट ठगिएको दाबी गर्नेहरू यस विषयमा आवाज उठाउँदा पीडक पक्षबाट उल्टै ज्यान मार्ने धम्की आएको भन्दै स्थानीय प्रशासन गुहार्न पुगेका छन्। उनको ठगीलाई साथ दिएकी छिन् गुर्भाकोटकी उपमेयर मैना वि.क.ले ।

आकर्षक रोजगारीमा माल्टा पठाउने आश्वासन दिई गुर्भाकोट नगरपालिकाकै दर्जनौँ युवासँग लाखौँ असुलेर ४३ वर्षीय कमानसिंह सम्पर्कविहीन भएको आरोप छ। यो कुरा सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि आफूहरूलाई हत्या गर्ने धम्की आएको भन्दै सुरक्षा माग गरी पीडितहरूले शुक्रबार (साउन १२ गते) जिल्ला प्रशासन कार्यालय सुर्खेतमा (साउन १२) गते निवेदन दिएका हुन्।

यसरी निवेदन दिनेमा गुर्भाकोट नगरपालिका–४ सहारे बस्ने हरिबहादुर वली र गुर्भाकोट–९ बोटेचौरका नन्दलाल घर्ती, तुलबहादुर बुढा, छविकुमार खत्री, लक्ष्मी पुन र दीपक वली छन्। निवेदकहरूले आफूलाई दलित अभियन्ता भन्ने व्यक्तिले ‘भेरी नदीमा चोपलेर, ढुंगाले हानेर एक–एकलाई सखाप पारिदिन्छु’जस्ता धम्की दिएको उल्लेख गरेका छन्।

पीडितहरूले जिल्ला प्रशासनमा दिएको निवेदनमा ठगी विषयलाई दलित समुदायसँग जोडी दैलेखको नारायण नगरपालिका–५ निवासी खगेन्द्र सुनार, सुर्खेतको भेरीगंगा नगरपालिका–९ बस्ने टेकबहादुर बस्याल र सुर्खेतकै गुर्भाकोट नगरपालिकाकी उपमेयरसमेत रहेकी मैना विकले यही साउन ११ गते भिडिओमार्फत आफूहरूलाई ज्यान मार्ने धम्की दिएको आरोप लगाएका छन्। उपमेयर मैना विक ठगीको आरोप लागेका कमानसिंहकी पत्नीसमेत हुन्। उनीहरूलाई कानुनबमोजिम कारबाही गर्न निवेदकहरूले माग गरेका छन्।

यस्तो छ उजुरी :
२०८०र०४र११ गतेका दिन मोबाइलमा भिडिओमार्फत हामीमाथि उल्लेखित पीडित निवेदकहरूलाई ज्यान मार्ने, भेरी नदीमा चोपलेर, ढुंगामुढा गरी एक–एकलाई सखाप पारिदिन्छु’ दलित आन्दोलनबाट नै मार्ने धम्की दिने पीडक व्यक्ति खगेन्द्र सुनार भन्ने व्यक्ति जिल्ला दैलेख नारायण नगरपालिका वडा नम्बर ५ बस्ने अन्दाजी वर्ष ४५ कोले हामी पीडितलाई भिडिओमार्फत ज्यान मार्ने धम्की दिने अन्य व्यक्ति जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका–९ बस्ने अन्दाजी वर्ष ३३ को टेकबहादुर बस्याल र अर्को विपक्षी जिल्ला सुर्खेत गुर्भाकोट नगरपालिका–९ बस्ने वर्ष ४० को मैना वि।क यी तीनै जनाले मिली भिडिओ बनाई हामीहरूलाई ज्यान मार्ने धम्की दिने र मैना वि।क।को श्रीमान् कमानसिंह कामी निम्न कसुरदार मैना वि।क।ले निजको श्रीमान् कमानसिंह कामीले हामी पीडितहरूलाई वैदेशिक रोजगारको सिलसिलामा माल्टा देश पठाउँछु भनी हामीबाट नगद र भौचर गरी प्रतिव्यक्ति रु २ लाख ५० हजार लिई सम्पर्कविहीन भएको साथै निजको घरमा जाँदा विपक्षी मैना वि।क। स्वयं मतियार बनी भगाएको खुल्न आएकोले हामी पीडित जम्मा ९ जनाले जिल्ला प्रहरी कार्यालय वीरेन्द्रनगर सुर्खेतमा किटानी जाहेरीसमेत दिएका थियौँ।

एक्कासि हाल आएर हामी पीडितहरूलाई भिडिओमार्फत दलित समुदायसँग जोडिएर हामीलाई ज्यान मार्ने धम्की दिएको हुँदा श्रीमान् प्रमुख जिल्ला अधिकारीसँग ज्यान सुरक्षा गरी पाऊँ भनी हामी सामूहिक पीडितहरूको नम्र निवेदन पेस गरेका छौँ। साथै निजहरूलाई सामाजिक सञ्जालमार्फत गरिएको अपराधको कसुरअनुरूपको कारबाही गर्नका लागि निज विपक्षीहरू झिकाई पाऊँ। भिडिओ प्रमाणसहित हामीले निवेदकहरू उपस्थिति छौँ। श्रीमान्‌को जो आदेश।

यसैबीच जिल्ला प्रशासन कार्यालयले उक्त निवेदन जिल्ला प्रहरी कार्यालयमा पठाइसकेको छ। प्रशासकीय अधिकृत सुर्यबहादुर थापाद्वारा जारी पत्रमा लेखिएको छ, ‘प्रस्तुत विषयमा सुर्खेत जिल्ला गुर्भाकोट नगरपालिका वडा नं। ९ बस्ने तुलबहादुर बुढालगायतका निवेदकहरूले मिति २०८०र०४र१२ गते यस कार्यालयमा दिनुभएको सक्कलै निवेदनसहितका कागजात पाना ४ ९चार० यसैसाथ संलग्न राखी पठाइएको छ। बेहोरा सोही निवेदनबाट अवगत गरी आवश्यक कारबाही हुन आदेशानुसार अनुरोध छ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button