समाचार

कोरियामा पानीजहाज कम्पनीमा काम गर्ने अवसर

काठमाडौंः दक्षिण कोरियामा पानीजहाज कम्पनीमा काम गर्न जान चाहनेहरुलाई फारम भर्न ईपीएस कोरिया शाखाले आह्वान गरेको छ।

ललितपुरको ग्वार्कोस्थित ईपीएस कोरिया शाखाले आज सूचना प्रकाशित गरी भाषा परीक्षाको लागि आवेदन फारम भर्न आह्वान गरेको हो।

आवेदकले अनलाइनबाट मात्र फारम भर्नुपर्ने छ। ती फारम दर्ता साउन २० गतेदेखि २४ गतेसम्म हुनेछ। भाषा परीक्षा हुने स्थान र समय भदौ ८ गते शुक्रबार प्रकाशित गरिने सूचनामा उल्लेख छ।

भाषा परीक्षामा पास भएकाहरुले दोस्रो चरणमा सीप परीक्षा दिनुपर्ने छ। भाषा परीक्षा, सीप परीक्षण र स्वास्थ्य परीक्षणमा पास भएपछि मात्र रोजगार आवेदन फारम भर्न पाइने छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button