मनोरन्जनसमाचार

कान्तिपुरले सन्दिपको कार्यक्रम हटाएपछि बिशालसँग सहकार्यको चर्चा

काठमाडौँ।पछिल्लो पटक अन्तरवार्ताको क्रममा विवादित बनेका कलाकार तथा कार्यक्रम सञ्चालक सन्दिप क्षेत्री र कमेडी च्याम्पियनका निर्देशक बिशाल भण्डारीले सहकार्य गर्न लागेको चर्चा चलेको छ । बिहिबार भण्डारी र क्षेत्रीले एकसाथ भेटघाटको फोटो शेयर गर्दै भाबी कामको योजनाबारे छलफल भएको बताएपछि यो चर्चा चलेको हो ।

हालै मात्र कि एडभर्टाइजिङ एजेन्सीसँग सम्झौता सकिएपछि ‘कमेडी क्लब विथ च्याम्पियन्स’ बन्द भएको छ । यो शो बन्द भएसँगै भण्डारी ‘कमेडी च्याम्पियन’को सिजन ३ को तयारीमा छन् । यसैबीच दुईजनाको भेटघाटले क्षेत्री कमेडी च्याम्पियनको निर्णायक बन्न लागेको चर्चा चलेको हो ।

क्षेत्रीसँगको फोटो फेसबुकमा शेयर गर्दै भण्डारीले लेखेका छन्, “सन्दिप क्षेत्रीसँग रमाइलो कुराकानी भयो । संघर्षरत दिनका साथीसँग भेटघाट र भविष्यका परियोजनाहरूबारे रमाइलो छलफल भयो । जय होस् ।” त्यस्तै, क्षेत्रीले सोही फोटो शेयर गर्दै लेखेका छन्, “यो धेरै गजबको बैठक थियो । मिस्ट ह्याप्पी र निर्देशक ।”

अभिनेता पल शाहसँगको अन्तरवार्ता विवादित बनेपछि सन्दिप क्षेत्रीले सञ्चालक गरिरहेको कार्यक्रम ‘ह्वाट द फ्लप’ कान्तिपुर टेलिभिजनले बन्द गरेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button