समाचार

क्यानडा पठाइदिन्छु भन्दै रकम ठगि गर्ने महिला पक्राउ

काठमाडौं। क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दोलखाको जिरी नगरपालिका-६ घर भई हाल काठमाडौंको बुढानीलकण्ठ बस्‍ने २७ वर्षीया फूलमाया जिरेल रहेकी छन्।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मिनभवनबाट पक्राउ गरेको हो।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको अपरा अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए।

उनले पीडितबाट पटक-पटक गरी ३ लाख ७४ हजार रकम लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button