jg
समाचार

कुवेतमा दुई नेपाली महिला कामदारको मृत्यु

दोहा– रोजगारीका लागि कुवेत पुगेका दुई नेपाली महिला कामदारको मृत्यु भएको छ । घरेलु कामदारको रुपमा कुवेत पुगेका मकवानपुर हेटौंडा पदमपोखरीका मायादेवी थिङ र चितवन भरतपुरका दिलकुमारी तामाङको मृत्यु भएको हो ।

त्यहाँको आदान अस्पतालमा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको बताईएको छ । मालिकको घरबाट भागेर गैरकानुनी रुपमा काम गर्दै आएका उनीहरु बिरामी भएर करिव एक महिनादेखि आदान अस्पताल पुगेका थिए।

उनीहरूको उपचारको क्रममा मृत्‍यु भएको नेपाल तामाङ घेदुङ कुवेतका अध्यक्ष नारायण घलानले जानकारी दिए । मृतक मायादेवी ७ महिनासम्म मृतकको साथमा केही कागज पत्र नभएको, कसले र कसरी अस्पतालसम्म पुर्‍याइदिएको भन्ने केही खुल्न सकेको छैन् ।

चितवनकी दिलकुमारीको भने मृत्युको कारण अझै खुल्न नसकेको बताईएको छ । मृतकहरूको बारेमा त्यहाँस्थित नेपाली दूतावासले भने जानकारी आई नसकेको जनाएको छ । जानकारी आउने बित्तिकै आवश्यक कानुनी प्रक्रिया पूरा गरेर मृतकका शव नेपाल पठाइने जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button