ड्युटीमा रहँदा ७ जना प्रहरीसँग शारीरिक सम्बन्ध राखेको आरोपमा महिला प्रहरी बर्खास्त
काठमाडौं । एउटी महिला प्रहरी अधिकारीले यस्तो अपराध गरिन् कि सिङ्गो प्रहरी विभाग मात्र होइन पूरै देश चकित भएको छ । आरोप सार्वजनिक भएपछि अधिकारीविरुद्ध लामो अनुसन्धान भएको थियो । यसपछि प्रहरी अधिकारीले जागिर गुमाउनु परेको थियो ।
यी महिला प्रहरी अधिकृतले ड्युटीमा रहँदा धेरै प्रहरीसँग शारीरिक सम्बन्ध बनाएकी थिइन् । एकअर्कालाई फोनमा अश्लिल तस्बिर पठाउने गर्थे । घटनाको खुलासा भएपछि महिला प्रहरी अधिकृतसहित अन्य प्रहरीलाई कारबाही गरिएको छ ।
यो मुद्दा अमेरिकाको टेनेसी पुलिस स्टेशनसँग सम्बन्धित छ। योसँगै महिला प्रहरीको पहिचान मेगन हलको रुपमा भएको छ । उनी सात प्रहरीसँग यौनसम्बन्ध राखेको अवस्थामा पक्राउ परेकी थिइन् । अपराधको गम्भीरतालाई मध्यनजर गर्दै हलबाहेक अन्य चार प्रहरीलाई पनि बर्खास्त गरिएको छ ।
बाँकी तीन अधिकारी निलम्बनमा परेका छन् । न्युयोर्क पोस्टको रिपोर्ट अनुसार, कसैले मेगन हलको बारेमा ला भेर्गेनका मेयर, जेसन कोललाई सूचना दिए। त्यसपछि अधिकारीहरूले प्रहरीमाथि अनुसन्धान थाले । डिसेम्बरमा गरिएको अनुसन्धानले हलले प्रहरी स्टेशन, पार्टी र होटलका सहकर्मीहरूसँग सम्बन्ध विकास गरेको खुलासा गरेको थियो। यससँगै उनले अन्य अश्लिल गतिविधि पनि गरेकी थिइन् । जागिरबाट बर्खास्त गरिएका चार प्रहरीमध्ये एकलाई प्रश्न गर्दा उनले सबै कुरा बताएका थिए ।
हल आफै विवाहित छिन् र उनका श्रीमानले पनि उनलाई अर्कैसँग समातेका थिए । यसपछि लिङ्कहरू जोडिन थाले। जसको नाम खुल्यो उनीहरुलाई सोधपुछ गरिएको थियो । घटनामा हलसँग सोधपुछ गर्दा उनले प्रहरीसँग सम्बन्ध रहेको स्वीकार गरेकी थिइन् ।
उनले आफू खुल्ला विवाह (पति/पत्नी बाहेक अरुसँगको सम्बन्ध) मा रहेको पनि बताइन् । सजाय पाएका एक प्रहरीले मेगन हलको मानसिक स्वास्थ्यलाई लिएर आफू चिन्तित रहेको बताए । उनी भन्छन् कि हलले धेरै रक्सी पिउने र तीव्र गतिमा गाडी चलाउँछिन्। उनले एक कार्यक्रममा बन्दुकको ट्रिगर पनि अन गरेकी थिइन् जसमा धेरै अफिसरहरू आफ्ना छोराछोरी लिएर आएका थिए।
रिपोर्ट तयार गर्ने र अनुसन्धान गर्ने काम मानव संसाधन निर्देशक एन्ड्रयु प्याटनले गरेका छन् । कार्यस्थलमा आपत्तिजनक तस्बिर सेयर गर्नु यौन उत्पीडनको दायरामा आउने अनुसन्धान रिपोर्टमा उल्लेख छ । उनले आपत्तिजनक, अनुपयुक्त र अन्य कर्मचारीहरूको लागि कार्यस्थलको वातावरण बिगार्ने काम गरेको रिपोर्टमा भनिएको छ ।