समाचार

सुन प्रकरण : २१ घण्टापछि हिरासतबाट छुटे अडुकिया

काठमाडौं, २७ श्रावण । एक क्विन्टल सुन प्रकरणमा शुक्रबार पक्राउ परेका रोहन अडुकिया हिरासतबाट छुटेका छन्।

अडुकिया अध्यागमनको हिरासतबाट २१ घण्टापछि शनिबार १० बजे छुटेका हुन्।

उनलाई अध्यागमनले भारतबाट आउने क्रममा शुक्रबार दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो।

रोहन एक क्विन्टल सुन प्रकरणमा नाम जोडिएका राकेश अडुकियाका छोरा हुन्।

स्रोतका अनुसार रोहनमाथि कुनै कसुर नदेखिएपछि छोडिएको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button