रोचक

६ बर्षकी छोरीसँग आफ्नै पिताले गरे विवाह, यस्तो छ विवाहको कारण !

आमाबाबुका लागि उनीहरुको बच्चा सबैभन्दा अनमोल हुने गर्दछ । यहीँ कारण आफ्ना बच्चाहरुको हरेक इच्छा पुरा गर्नका लागि आमाबाबु हरेक परिस्थितिको सामना गर्नका लागि तयार हुने गर्दछन् । तर एकजना पिताले आफ्नी छोरीको यस्तो सपना पुरा गरेका छन्, जुन सुन्दा जोकोही मानिसहरु पनि हैरान हुने गर्दछन् ।

चीनमा रहदै आएकी ६ बर्षीया शी हेकिंगको सपना रहेको थियो कि, उसको विवाह कुनै राजकुमारीको जसरी एकजना प्यारो राजकुमारसँग होस् र उनको यो सपना उनका बाबु जिंजहांले पुरा पनि गरेका छन् ।

करिब ६ बर्षीया आफ्नी छोरीसँग सबैका सामुन्ने विवाह गरेका यि बाबुले आफ्नी छोरीको सपना पुरा गरिदिएका हुन् । तर यस्तो गर्नुको पछाडि एकदमै भावुक कारण रहेको छ ।

शी नेफ्रोटिक सिंडेम नामक बिमारीको शिकार रहेकी छिन् । जसका कारण उनी अधिक समय अस्पतालमा नै भर्ती रहने गर्दछिन् । डाक्टरका अनुसार शी को ज्यान शायद नै बच्नसक्छ । बाँचेपनि उनी छोटो समयकी पाहुना मात्र हुन् ।

शी का बाबुले अस्पतालमा नै विवाह समारोह राखेका थिए । जसमा अस्पतालमा सम्पूर्ण मानिसहरु सामेल भएका थिए । उता शीलाई पनि पूर्ण रुपमा राजकुमारी सरह नै तयार गरिएको थियो ।

आफ्नो बाबुसँग विवाह गरेर शी पनि एकदमै खुसी देखिएकी थिईन् । नेफ्रोटिक सिन्डेममा मृगौलामा अधिक मात्रामा प्रोटिन रिलिज हुने गर्दछ । यो बिमारीका कारण शरिर फुल्नुका साथै इन्फेक्सन, रगत जम्ने र पिशावको रंगमा पनि बदलाब आउने गर्दछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button