समाचार

भोलि सार्वजनिक विदा

धनगढीः कैलालीको धनगढीमा भोलि सार्वजनिक विदा दिने निर्णय भएको छ।

थारु समुदायको महत्वपुर्ण चाड गुरही पर्वको अवसरमा धनगढी उपमहानगरपालिकाले भोलि (सोमबार) सार्वजनिक विदा दिने निर्णय गरेको हो।

उपमहानगरपालिकाले एक सूचना जारी गर्दै भोलि उपमहानगर मातहतका सम्पूर्ण कार्यालय तथा शैक्षिक संस्थाहरुमा स्थानीय सार्वजनिक विदा दिने निर्णय गरिएको हो।

त्यस्तै गोदावरी नगरपालिकाले पनि भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

नाग पञ्चमी र गुरही पर्वको अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button