स्वास्थ्य
औषधिको पछाडि हुने रातो धर्काको अर्थ के हो ?
हामीले सुनेकै-बुझेकै छौंः डाक्टरको सुझाव बिना औषधि खानु हुँदैन। व्यवहारमा यो लागू नगर्नेहरू भने धेरै छौं। टाउको दुखेदेखि झाडावान्तासम्म कुन औषधि खाने भन्ने धेरैलाई ‘कन्ठ’ भइसकेको छ।
यति थाहा नहुनेहरूका लागि अर्का विज्ञ ‘मेडिकल सञ्चालक’ हुन्, हाम्रा डाक्टर उही। यसरी जथाभावी औषधि किनबेच र खाने गर्नुहुँदैन भन्ने हामीले नबुझेको होइन। डाक्टरहरूले पनि भन्छन्।
अझ हरेकजसो औषधिमा लेखिएको हुन्छ। यति मात्रै होइन, जथाभावी खाँदा गम्भीर जोखिम आइपर्ने सम्भावना भएका औषधिमा त विशेष संकेत पनि हुन्छ। तपाईंले एकप्रति ट्याब्लेट औषधिको पछाडि हेर्नुभयो भने अधिकांशमा रातो धर्का देख्न सक्नुहुन्छ, दुखाइ कम गर्ने कडा औषधि र एन्टिबायोटिक्समा विशेषगरी। यिनको खोलमा पनि यस्तो धर्सा हुन्छ।