खेलकुद

पिएसजीले तोक्यो एम्बाप्पेको बिक्री मूल्य, विश्व रेकर्ड बनाउने प्लान ?

एजेन्सी – विभिन्न खेल मिडियाहरुमा आएका खबरलाई मान्ने हो भने फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)ले फ्रेन्च युवा स्टार किलियन एम्बाप्पे विश्व रेकर्ड मूल्यमा मात्रै बिक्री गर्ने योजना बनाएको छ।

पिएसजीले एम्बाप्पेलाई विश्वरेकर्ड मूल्यमा मात्र बिक्री गर्ने योजना बनाएको दावी स्पेनिस पत्रिका एएसले गरेको हो। रियल एम्बाप्पेका लागि २ सय ५० मिलियन युरो खर्च गर्न तयार भए एम्बाप्पेलाई अहिले नै क्लब छाडेर जान दिन पिएसजी तयार हुने बताइएको छ।

पिएसजीले एम्बाप्पेको मूल्य २ सय ५० मिलियन युरो तोकेको विषय रियललाई पनि थाहा भएको बताइएको छ। तर रियलले अहिले सम्म कुनै पनि ठोस प्रस्ताव पिएसजीलाई पठाएको छैन।

ट्रान्सफर विन्डोको अन्तिम समय सम्म पनि पिएसजी एम्बाप्पेका लागि प्रस्ताव सुन्न तयार देखिएको छ। उता रियल भने एम्बाप्पेका लागि बोलि लगाउनै परे १ सय २० मिलियन युरो भन्दा बढीको बोलि लगाउने योजनामा छैन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button