रोचक

सुन्तला लिएर जेलमा आफन्त भेट्न पुगिन महिला, सुन्तला छोडाएर हेर्दा उड्यो प्रहरीकै होस्

काठमाडौं । एक महिला आफन्तलाई भेट्न सुन्तला र फलफुल लिएर जेल पुगिन्। जेलको गेटमा तैनाथ हेड कन्स्टेबल जीवनरामले उनको झोला चेक गरेपछि उनलाई भित्र जान दिए। महिला घर गएपछि प्रहरीलाई शंका लाग्यो र सुन्तला चेकचाज गरे। सुन्तला छोडाउन वित्तिकै त्यहाँका सुरक्षाकर्मीको होस् उड्यो।

यो घटना भारतको राजस्थानस्थित अजमेर जेलको हो। आफन्त भेट्न गएकी ती महिलाको साथबाट लागूऔषध बरामद भएको छ। आइतबार अजमेर सेन्ट्रल जेलमा नशालु पदार्थ बरामद भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। माया नाम गरेकी ती महिला विचाराधीन मुद्दामा जेलमा पुर्पक्षका लागि रहेका बन्दी रमेशलाई भेट्न गएकी थिइन्।

मायाले आफूसँग केही खानपिनका सामान र २ किलो सुन्तला लिएर गएकी थिइन् । जेलको गेटमा तैनाथ हेड कन्स्टेबल जीवनरामले उनको झोला चेक गरेपछि उनलाई भित्र जान दिए ।

महिला केही पर पुगेपछि जीवनरामलाई शंका भयो कि सुन्तलामा निशान किन थियो ? जीस्वनरामले तत्काल उनलाई रोके र एउटा सुन्तला छोडाएर हेरे। सुन्तलाभित्र अगरबत्तीको मोटाइको लागूपदार्थ लुकाइएको थियो।

सबै सुन्तलामा प्लास्टिकले बेरेर यसैगरी लागूपदार्थ राखिएको थियो। सुन्तलाभित्रबाट करिब ४० ग्राम नशालु पदार्थ बरामद भएको बताइएको छ । जेल सुरक्षा प्रशासनले सबै सुन्तला जफत गरेर पुलिसलाई जिम्मा लगाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button