समाचार

दिवङ्गत अभिनेता सारुक ताम्राकारका पिता कलाकार तथा जादुगर सानु ताम्राकारकाे निधन

काठमाडौं । अभिनेता सानु ताम्राकारको शनिबार निधन भएको छ ।

शनिबार दिउँसो ३ः२० बजे नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए ।

७४ वर्षका ताम्राकार २८ दिनदेखि मिर्गौलासम्बन्धी समस्याको उपचार गराइरहेका थिए ।

ताम्राकारको पार्थिव शरीरलाई आइतबार पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी रहेको अध्यक्ष निरौलाले जनाए ।

गत असार २१ गते छोरा सारुकको निधन भएपछि पुत्र वियोगले बुवा सानु ताम्राकार चिन्तामा थिए । उनी पछिल्लो समय मिर्गौलाको उपचारका लागि नर्भिक अस्पतालमा भर्ना भएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button