समाचार

पिकनिक गएका २ जना त्रिशूलीमा बेपत्ता

चितवन । चितवनको भरतपुर महानगरपालिका–२९ गाईघाट नजिकै वनभोज (पिकनिक) गएका २ जना त्रिशूली नदीमा शनिबार बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा भरतपुर महानगरपालिका–१० सप्तगण्डकी चोक बस्ने ३० वर्षका अर्जुन प्रधान र सोही ठाउँका ३० वर्षका प्रवीण श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

दिउँसो साढे ४ बजेतिर नदीमा बेपत्ता भएका दुवै जनाको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टिम परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button