अन्तर्राष्ट्रिय

अमेरिकामा गोली चल्दा तीनजनाको मृत्यु

काठमाडौं : अमेरिकाको फ्लोरिडा राज्यको ज्याक्सनभिल्लामा एक रंगभेदी पुरुषले तीन जना अस्वेत नागरिकको गोली हानी हत्या गरी पछि आफूले पनि आत्महत्या गरेका छन्।

झण्डै २० वर्षीय स्वेत नागरिक शहरको जनरल डलर स्टोरमा प्रवेश गरी गोली चलाएको प्रहरीले जनाएको छ। अचानक गोली चलाएका ती व्यक्तिसँग प्रहरीको केही बेर झडप समेत भएको बताइएको छ।

दुई महिला र एक पुरुषको हत्या गरेका बन्दुकधारीले शरीरमा सुरक्षा कवच लगाएका थिए। साथै घटनास्थलमा रंगभेद सम्बन्धी घोषणापत्र छोडेको प्रहरीको भनाइ छ।

ज्याक्सनभिल्लाकी मेयर डोना डिगनले घटनालाई रंगभेद र घृणाले भरिएको अपराध भएको व्याख्या गरेकी छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button