समाचार

सारुकको निधनपछी टिमभित्र आरोपप्रत्यारोप: ‘५ लाखको पुजा गराइएको प्रमाण छ’-राजिव

अभिनेता सारुक ताम्राकारको निधनले आएको उतारचढावका कारण फिल्म ह्यासट्याग मायाको निर्माण रोकिएको छ भने निर्माता तथा निर्देशक राजिव गुरुङले केही तथ्यहरु सार्वजनिक गरेपछि अब फिल्म बन्ने सम्भावना सकिएको छ । फिल्म युनिट अहिले २ धारमा बिभाजित भएर सामाजिक संजालमा स्ट्याटस वार चलिरहेको छ । नम्रताले एक लामो सट्याटसमा सार्वजनिक भएको तन्त्रमन्त्रको कुरालाई एक्काइसौं शताब्दीमा आएर रुढीबादी कुरा गर्नु कत्तिको युक्तिसंगत हुन्छ ? भन्दै यो फण्डा मात्रै बनाईएको भनेकी छन् ।

यता निर्माता निर्देशक राजिवले पनि एक स्ट्याटस लेख्दै ५ लाखको पुजा गराईएको हो, यदि त्यसको प्रमाण चाहिए आफुसंग रहेको बताएका छन् । बारम्बार अनेक बहाना झिकेर फिल्मलाई अघि बढ्न किन दिइएन भन्ने प्रश्नको जवाफ आफुले खोजिरहेको राजिवले लेखेका छन् । उनले ‘नेपाली फिल्मको गुणस्तर उकास्न एउटा मौलिक चलचित्र बनाउने सपना थियो त्यसै अनुरुप ह्यासट्याग माया को परिकल्पना भएको हो र यो चलचित्रसँग मेरो आमाको पनि सपना जोडिएको थियोे’ भनेर लेखेका छन् । राजिव सन् २००६ मा फिल्म डाईरेक्सनमा सिटि युनिभर्सिटी अफ न्युयोर्कबाट मास्टर्स गरेर नेपाल फर्किएका हुन् ।

यता फिल्म ह्यास्ट्याग मायाकी सहायक निर्देशक शान्ति तामाङले पनि नम्रताप्रती लक्षित गर्दै एक लामो स्ट्याटस सामाजिक संजालमा पोस्ट गरेकी छन् । जहाँ नम्रताको नाम उल्लेख नगरेपनी त्यो स्ट्याटस उनिमाथी नै केन्द्रित हो भन्ने बुझ्न सकिन्छ । आफ्नो आँखाले जे देख्यो त्यही लेख्दैछु भन्दै उनले विभिन्न बुँदामा नम्रताको हर्कतको पर्दाफास गरेकी छन् । पर्सनल टिस्युदेखी मसाज गरेको बिलसमेत निर्माताको हातमा थमाएको सर्मिलाले खुलाएकी छन् ।

आफुमात्रै जान्ने सुन्ने, सबैलाई केही नजानेको लाटो हो जस्तो महसुस गरायो, आफ्नो सहकर्मीलाई गिराएर सबैको अगाडि गाली बैजती गर्यो, मायाको नाममा नौटन्की गर्दै सबैको अगाडि चर्तिकला देखायो, छायांकनमा बिहान ८ बजे बोलाउदा २ बजे आएर सुट गरेको, एउटा सिन खिचेपछी सेटबाट गायव उनलाई चारैतिर खोज्न सहायक निर्देशकहरु बाध्य, निर्माताको गाडी लगेर सिधै भित्तामा ठोकेर ध्वस्त बनाएको, कस्टुम डिजाइनर, मेकअप आर्टिस्ट परिवर्तन गरेको, स्कृप्ट लेख्न ३ देखि ४ जना मान्छे पैसा तिरेर हायर गर्दा पनि कसैको लेखाइ चित्त नबुझेको भन्दै नम्रता लक्षित कुराहरु पर्दाफास गरेकी छन् । यता अन्य सिनेकर्मी तथा अभिनेत्रीहरुले पनि उनलाई नै लक्षित गर्दै स्ट्याटसहरु पोस्ट तथा अभिव्यक्ति दिइरहेका छन् ।

•असिस्टेन्ट डिरेक्टर शान्ति तामाङको स्ट्याटस:

सबै कुरा आफ्नु आँखाले जे देखे त्यहि लेख्दै छु…किन कि मेरो नैतिकताले चुप लागेर बस्नु दिएन र म लेख्दै छु..मेरो मानब धर्मले पनि मानेन मुख बन्द गरेर बस्नु ..यदि यो सबै लेखेर मलाई केहि गलत हुन गएमा र केहि कानुनि दायराले तानिएमा सम्बन्धित निकाय कुन हदसम्म बिक्दो रहेछ छर्लंग देखिन्छ ..

# एउटा सिनेमा बन्नुमा सबै भन्दा ठुलो योगदान निर्माताको हुन्छ जो निर्माता पैसा एक शब्द नबोली खन्याई रहे..
# विश्वास गरे कि यो सिनेमा बन्ला र बनाउँछु भनेर तर सबैले वहाँलाई जुका बनेर चुसी रहे
# यो चाहिन्छ ,त्यहि दिए ,त्यो चाहियो, त्यहि गरे तर film बन्ने function नै बिचित्र देखाएर चुसी रहे
# यो कलाकारलाई यही राखेर काम गराउनु पर्छ भने त्यहि गरे, पालेर राखे,ख्वाएर राखे
# फलानो चाहिन्छ खोजेर त्यहि ल्याइयो, ढिस्कानो मन परेन काम बाट निकालियो
# आफ्नु personal tissues देखि massage गरेको बिल सम्म निर्माताको हातमा थमायो बिचरा निर्माता तिरी नै रहयो
# पुजा गर्नु पर्छ काम राम्रो हुन्छ भनियो ..त्यो पनि गर्यो तर मध्य रातमा गर्ने पूजा कस्तो थियो कुन्नी भगवान् जानोस् ???
# हरेक team को मान्छेलाई केहि जानेको छैन..काम नै गर्नु आउँदैन भनेर तल झार्दै आफु नै जान्ने र सुन्ने बाहेक अरु सबैलाई केहि नजानेको लाटो हो जस्तो महसूस गरायो,त्यो पनि सहनु बाध्य बनाइयो, त्यो पनि सहियो, काम प्रतिको लगावले गर्दा
# आफ्नु सह-कर्मीलाई गिराएर सबैको अगाडी गाली गरेर बेइजति गर्यो त्यो पनि यो आँखाले देख्यो..बिचरा चुपो लगेर सहेर बसेको पनि देखे ..
# मायाको नाममा नौटंकी गर्दै, सबैको अगाडी चर्तिकला देखाउदै बसेको ..माया गर्ने मान्छे छेउमा बसेर टुलुटुलु हेरी रहेको पनि देखियो..
# साचिकै नौटंकी नै गरेको कि साचिकै माया हो यो भनेर सोच्नु बाध्यता भएको पनि देखियो
# सोझो मान्छेको मुखमा कत्ति सम्म घोचो गर्दो रहेछ मौका पायो भने ,मान्छेले त्यो पनि हेरियो र भोगियो ..
# सेटमा आउने timesheet को समयलाई लात मारेर 8 am बोलाएको छ भने 2pm आएर shoot start भएको पनि यहीं देखे
# एउटा scene खिचे पछि सेटबाट गायब, चारै तिर खोजेर हिड्नु पर्ने AD हरुको बाध्यता पनि देखे..
# बेहोसमा स्क्रिप्ट लेखेर भोलि पल्ट सेटमा आएर यो कसरी भयो र त्यो कसरी भयो भनेर आफै समय बर्बाद गरेको पनि देखियो
# निर्माताको गाडी लगेर सिधै भित्तामा ठोकेर ध्वस्त बनाएको पनि देखियो ..बिचरा त्यो गाडीको के दोस थियो र ??
# कहिले के कहिले के ..एक एक वटा समस्या निकाल्दै सारा team को मेहेनत लाई लात हानेको पनि भोगियो
# यो costume मन परेन र लाउँदिन भनेर designer नै बदली दियो
# यो makeup artist भएन भनेर complain गर्यो फेरी अर्को makeup artist change भयो …
# सबैमा घाटा निर्माताले नै भोगी रहेको थियो
# कसैले cross question गर्ने हिम्मत राखेन किनकी काम र career मै दाग लाग्ला भन्ने डरले सबै गलत भएको छ भने पनि टुलुटुलु हेरी रहनु बाध्य बन्यो
# स्क्रिप्ट लेख्ने मान्छे नै ३ देखी ४ वटा पैसा तिरेर hire गरियो तर कसैको लेखाई लाई चित्त बुझाएन
# पछि फेरी आफै स्क्रिप्ट लेख्नु बस्छु भन्यो फेरी समय लम्बाउनु स्क्रिप्ट पर्खिनु पर्ने बाध्य बनायो
# हरेक दिन निर्माताको पैसा गईरहेको छ त्यो कुराको केहि कदर र हेक्का नै राखेन
हरेक कुरामा हाबी भयो र हुन पनि दियो किनकि film सकाउनु थियो सबैलाई बिगत ३ बर्षबाट रोकिएको फिल्म थियो #माया …..

तर बिडम्बना एउटा कुशल कलाकारको ज्यान नै गुम्यो ..एउटा तारा भगवान लाई प्यारो भयो सायद माथि उल्लेखित सहनु नसकिने गरेर भएको अत्याचार रोक्नुलाई भगवानले नै सबै रोकी दियो….
सबैलाई स्तब्द बनाई दियो

झन् आज त म पशुपति गएर वहाँको बुवाको अन्त्यस्टी सकाएर घर फर्किए
एउटा परिवारमा आगो लगाई दियो, तहस नहस गरि दियो,
बाबा छोरा को ५२ दिन को फरकमा ज्यान गयो ..

यदी भगवान छ भने जसरी रोकी दियो त्यसरी अगाडी पनी बढाई दिनुस् …. यत्तिकै यो कथा नसकाउनुस कृपया …
यदी मानबता मरेको छैन भने यो कुरामा सबैको ध्यान आकर्षण पनी होस्
र केहि संकल्पमा पुगोस्
यो काहानी जसले लेखेको हो उसैले सबै कहानी को अन्त्य पनि गरोस् ….

सम्बन्धित निकायले investigation गर्दै छ या छैन …??
investigation को क्रममा भेटिएको संकास्पत चिजहरु त्यतिकै हरायो कि गायब गरियो ??
पैसाको चलखेल भएको हल्लाहरु सहि हो या गलत हो??
के सांचिकै
“नेपालको कानून दैब जानून” कै सिकार भएको हो ???

AD
#maya
#justiceforsaruk

• अभिनेत्री नम्रता श्रेष्ठको स्ट्याटस:

सम्पूर्ण देश तथा बिदेश मा रहनु भएका आदरणीय आमाबुबा, दाजुभाइ दिदीबहीनी नातेदार,इस्टमित्र, दर्शक तथा शुभचिन्तक हरू मा हार्दिक नमस्कार ????????
धेरै समय पछि सामाजिक सञ्जाल मार्फत केही वास्तविक सुचना हजुरहरू माझ प्रवाह गर्न जादै छु ! सन्दर्भ नेपाली चलचित्र ‘# MAYA’ छायङकन को क्रम मा सोही चलचित्र का कलाकार तथा नायक सारूक ताम्राकार आफ्नै घर मा झुण्डिएर आत्मा हत्या गरी निधन भएको खबर ले सम्पूर्ण चलचित्र जगतलाइ दुखी तुल्याएको छ, सर्वप्रथम स्वर्गीय कलाकार सारूक को निधन प्रती हार्दिक श्रद्धाञ्जली तथा शोकशनतप्त परिवार प्रति गहिरो समवेदना ब्यक्त गर्न चाहन्छु .. स्वर्गीय कलाकार एक सम्भावना बोकेका कलाकार थिए ऊनी सहयोगी भावना भएका मिलनसार ब्यति थिए यो धटना ले हामीलाई अचम्मित तुल्याएको छ.. यस दुखद धडिमा मृत आत्मा को चिर शान्तिको कामना गर्दछु! यो धटना केही दिन पहिले धटेको हो तर अहिले आएर सामाजिक सञ्जाल मार्फत म केही बोल्न बाध्य भए, सामन्य अबस्थामा पनी तेतीसारो मिडिया मा आउने मान्छे होइन म तर हाल यो धटना पश्चात एकलौटी रुप मा बिभीन्न मिडिया मार्फत कपोकल्पित समाचार हरू लेख्न र लेखाउन केही अनलाइन मिडियाहरु, केही सिनेकर्मी र केही पदाधिकारीहरू पूर्वाग्रही हिसाब ले लाग्नु भएको थियो, मेरो परिवार र हाम्रो कानुनी टीम ले त्यो किसीम को हर्कत लाइ नजिक बाट नियालिरहेका थियौ,एक जना महिला भएकै कारण यती धेरै सामाजिक आक्रमण भएको होला सायद किनकी यो पुरुष प्रधान समाज हो ठीकै छ ..मेरो मौनता लाइ कमजोरी नठान्न अपिल गर्दछु , म एक महिला मात्र नभएर कलाकार पनि हो अनी नेपाली नागरिक ..हरेक नेपाली नागरिक को बाच्ने पाउने नैसर्गिक अधिकार हुन्छ सायद यो देश मा कानुन मरेको छैन..यो कानुनी राज्य हो झुट को खेती गर्नु हुने सबै दिग्गज महानुभाव हरु लाइ सत्य को बाटो हिड्न को लागी आग्रह गर्दछु , थुप्रै मिडयाहरु बाट कल आएको थियो मेरो फोन मेरो दादा सॅग हुन्थ्यो , अहीले पनी मेरो परीवार ले नै HANDLE गर्नु हुन्छ तर मिडया मा बोल्दा अनुसन्धान मा असर पर्छ भनेर मेरो परिवार बाट बोल्ने अनुमति भएन,मैले बिभन्न टेलिभिजन बाट लाइभ अन्तर्वार्ता दिन सक्थे तर बिगतमा मैले दिएको INTERVIEW हरु लाइ बिभीन्न कुरा जोडेर तोडमोड गरियो TROLL बनउने प्रयास भयो त्यसकारण यस बखत टेलिभिजन INTERVIEW मा आइन ..आवश्यक पर्दा दिउला त्यस मा कुनै संकोच छैन,यो धटना सँग जोडीएका FABRICATED समाचार र बिभीन्न भिडियो हरू मेरो कानुनी टिम ले हेर्नेनै छ, म यस चलचित्र को एक कलाकार पनि थिए, सोही चलचित्र को कलाकार भएको कारण मैले प्रहरी प्रशासन ले बोलाइएको बेला उपस्थित भएर वास्तविक कुरा हरू बयान दिनु स्वाभाविक थियो होला तर यहाँ एकतर्फी रुप मा केही मुठ्ठी भर मान्छेहरू हात धोएरै लागे त्यो कुरा मिडिया मा सबैले पढ्नु भएकै छ, SUICIDE जस्तो सम्बेदनशील बिषय लाइ GLORIFY गर्नु उचित हुदैन! पत्रकार देश को चौथो अङ्ग हो म उहाँहरू लाइ सधै सम्मान गर्छु, स्वच्छ पत्रकारिता पत्रकार को धर्म हो.. तर केही पित पत्रकारीता गर्ने अनलाइन मिडिया हरू बाट यो धटना पछी VIEWS का लागी जुन कपोकल्पित समाचार हरु एकतर्फी रूप मा प्रसारण गरियो यस्ता तथ्यहीन समाचार प्रति म धोर भर्त्सना गर्दछु। यो किसीम का तथ्यहीन समाचार प्रति सम्पूर्ण देश बिदेश मा रहनु भएका मेरा आफन्तजन ,प्यारा दर्शक र शुभचिन्तक हरू सचेत रहन हुन हार्दिक अनुरोध गर्दछु !म आफै पनि मेन्टल हेल्थ को SURVIVOR & ADVOCATE समेत भएकोले मैले सोचें कसैको यस्तो सम्मेदनशील बिषय लाइ मिडिया मा ल्याउन उचित ठानिन म TOTALLY घर अनी हस्पिटल तिर नै रहें , तर कपोकल्पित तबरले देशै छोडेर क्यानडा तिर गएको जस्ता फण्डा हरु फिजाइयो जब की इण्डिया भन्दा बाहिर देश जाॅदा भिसा चाहिन्छ, प्रहरी प्रशासन लाइ बयान दिन जादा मेरो पासपोर्ट हेरेर प्रहरी अधिकारीहरु ले भन्नु भयो.. तपाई त बिदेश तिर जानुभो भनेर हङगामा थियो त मिडियाहरु तिर ..
तर कतै भिजिट गरेको देखिन्नत भनेर SURPRISE हुनु भयो.. चलचित्र मेकीङ टिम र मृतक का परिवार सॅग मेरो परिवार का सदस्य हरू र सहयोगी ले शुरुका दिनहरु बाट पटक पटक सम्पर्क गर्न खोज्दा सम्पर्क मा आउनु चाहनु भएन..
म आफु बिरामी नै थिए परीवार कै रेखदेख मा रहें.. जब मलाई प्रहरी प्रशासन बाट बोलावट भयो म तुरुन्त म प्रहरी कार्यालय हाजिर भए यो धटना सम्बन्धि डिटेल INQUIRY भयो जे जे यथार्थ थियो र हो सबै बताए..सो चलचित्र को मेकिङ टिम, कलाकार हरु सबै जना सॅग सोधपुछ भइरहेको जस्तो लाग्छ.. किन की सो चलचित्र को कलाकार म मात्र थिइन। नेपाल प्रहरी बिश्व कै टप 5 अनुसन्धान मा अब्बल प्रहरी हो भन्ने भनाइ छ,आसा छ यो धटना को सत्यतथ्य पक्कै पनि दुध को दुध पानी को पानी हुने गरी अनुसन्धान गर्ने छ भन्नेमा हामी पूर्ण आशावादी छौ..
‘कोही अपराधी नउम्कयोस निर्दोष नफसोस ‘ भन्ने भनाइ हो , जहाॅ सम्म कालो बोका र बुटी को कुरा लाइ फण्डा बनाइएको थियो अहीले को एक्काईसैं सताब्दी मा आएर यस्तो रुढीवादी कुरा गर्नु कतिको युत्ति संगत हुन्छ होला ?? यो देश लोकतन्त्रपछी धर्मनिरपेक्ष मुलुक हो सबै लाइ धर्म मान्ने स्वतन्त्रता छ..सबै ले मनन गरौं , पुजा गर्ने गुरु को कुरा छ जुन चर्चा को नाम थियो उहां लाइ समेत प्रहरी प्रशासन ले पहिले नै बयान लिइ सकेको छ । अनुसन्धान लाइ प्रभाव पार्ने काम कोही कसै बाट नगरौं ‘JUSTICE FOR SARUK ‘ निष्पक्ष छानबिन होस, म र मेरो परिवार को तर्फ बाट प्रहरी प्रशासन लाइ अनुसन्धान को सवाल मा पूर्ण सपोट रहने छ । अन्तमा मृतक को सम्पूर्ण परिवार लाइ धैर्य धारण गर्ने शक्ति मिलोस..आदरणीय पुराना बरिस्ठ कलाकार सानु ताम्राकार ज्यु बिरामी हुनुहुन्छ भन्ने सुनेको छु.. यदी सत्य हो भने शीघ्र स्वास्थ्य लाभ को गर्दछु ! चलचित्र मेकिङ टिम र मृतक को परिवार हरु प्रति मेरो भन्नु केही छैन, प्रशासन लाइ सबै मिलेर अनुसन्धानमा बाधा नहुने गरी सहयोग गरौ ।धन्यबाद !! श्री पशुपतिनाथ ले सबै को कल्याण गरुन, सबै को जय होस ..

नम्रता श्रेष्ठ
काठमाडौं, नेपाल ????????????????
मिति > 2080/05/11 गते सोमबार

मैले यो लेखेर पहीले नै पोष्ट गर्न तयार गरेको थिए किनकी REALITY बाहिर थाह होस भनेर..तर मेरो परीवार को सुझाव अनुसार प्रहरीअनुसन्धान मा बाधा पुग्ने भएकोले गरीन ..त्यही कुरालाई अहीले जस्ताको तेस्तै पोष्ट गरेको छु ।

•निर्माता तथा निर्देशक राजिव गुरुङको स्ट्याटस:

म सन् २००६ मा फिल्म डाईरेक्सनमा सिटि युनिभर्सिटी अफ न्युयोर्कबाट मास्टर्स गरेर नेपाल फर्किएको हु।नेपाली फिल्मको गुणस्तर उकास्न एउटा मौलिक चलचित्र बनाउने सपना थियो त्यसै अनुरुप #माया को परिकल्पना भएको हो र यो चलचित्रसँग मेरो आमाको पनि सपना जोडिएको थियोे ।यो चलचित्र उत्कृष्ट बनाउन मैले हरसम्भव प्रयास गरे।मेरो यहि सपनालाई कमजोरी ठानिएको रहेछ। विगत ३ वर्षदेखि यो चलचित्र निर्माणका दौरान मैले मुख्य कलाकारले राखेका हरेक डिमाण्ड पुरा गरे। त्यसका लागि विगत ३ वर्षदेखि नायिकाकै अनुरोधमा पाटन झम्सिखेल हुदै बुढानिलकण्ठसम्म घर भाडामा लिएर त्यहाँको सम्पुर्ण खर्च आफै व्योहोरे, मलाई भनिएको थियो क्यारेक्टरमा बस्नका लागि छुट्टै एकान्तमा घर आवश्यक पर्छ।यो घर म‌ैले ४५ दिनजतिका लागि होला भनेर मन्जुरी दिए तर उहाँहरुको मनसाय जति सक्दो फिल्मको समय लम्बाउने र यहिघरमा बसिरहने रहेछ। फिल्मको स्क्रिप्ट उनीहरूकै मन्जुरीमा बारम्बार पास भएर एक तहको प्राविधिकहरुले रकम बुझिसकेपछि पनि सुटिङ सुरु गर्ने दिन स्क्रिप्ट चित्त नबुझेको भन्दै उनीहरूकै आग्रहमा बारम्बार सुटिङ स्थगित गरियो । म कुनै पनि रुढीबादी परम्परामा विश्वास गर्ने मानिस होइन तर जति प्रयास गर्दापनि फिल्म अघि नबढेकाले नायिकाले मेरो ग्रह खराब चलेको भन्दै तान्त्रिकसँग पूजा गराएमा राम्रो हुने भनेपछि म यतिका प्रयास त गरे यो प्रयास पनि गरि हेरौ भन्ने मनस्थितिमा पुगेको हुँ। ग्रह दशा तान्त्रिकले हल गरिदिन्छ भनेर मलाई बारम्बार भनियो र फलस्वरुप रु५ लाख को पुजा गराईएको हो यदि आवश्यक परे त्यसको प्रमाण पनि मसँग सुरक्षित छ। महिला भएकै कारण सधैं महिला ठीक र पुरुष भएकै कारण सधैं पुरुष बेठीक हुदैनन् । महिलामाथि आज कसैलाई यो परिवेशमा अन्याय भएको छ भने ति महिला हुन् स्वर्गिय सारुककि आमा जसले अनाहकमा आफ्नो काख उजाड बनाउन पुगिन् र यहि तोडमा श्रिमानलेपनि संसार छाडेपछि अथाह वेदनामा छिन्। म र चलचित्रसँग जोडिएको हरेक व्यक्ति जुनसुकै समयमा सुचना र जानकारीका लागि उपस्थित थियौ ।सुटिङ युनिट बसेको घरको अनुसन्धान हुनुपर्छ भनेर हाम्रै पहलमा प्रहरीले घर सिलका साथै केहि संकास्पद वस्तु लिएर गएको छ। यसअघि नै त्यहाँ बाट केहि सामान ओसारिएको हामीले जानकारी पाएका थियौं । घटनाको वास्तविकता जस्ताको तस्तै बाहिर आउनुपर्छ र सारुकले न्याय पाउनुपर्छ भनेर हामीले प्रहरीलाई पनि आफ्नो बयान दिईसकेका छौ। बारम्बार अनेकन बहाना झिकेर फिल्मलाई अघि बढ्न किन दिईएन भन्ने प्रश्नको जवाफ मैले पनि खोजिरहेको छु। मेरो सपना,लगानी र मिहिनेत सारुकको जीवनको अघि केहि होइन त्यसैले सारुकले न्याय पाउनुपर्छ। सारुक भाईको आमाले उनको मनमा उब्जिएको प्रश्नको जवाफ पाउन पर्छ। अनुसन्धान गरिरहेको प्रहरीको अनुसन्धानले के भन्छ त्यो पनि सार्वजनिक हुन पर्छ। मुलुकको न्याय प्रणालीमा मलाई पूर्ण विश्वास छ, यो घटनाले उब्जाएका तमाम प्रश्नको जवाफ न्यायको कसीमा बसेर कानुनले दिनेमा म आशावादी छु। सत्यको जीत होस् र कानुनको न्यायभन्दा माथि ईश्वरको न्याय हुन्छ र सत्य एकदिन उजागर हुने नै छ भन्नेमा म पूर्ण विश्वस्त छु।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button